• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अन्तरिक्षमा पनि अपराध ? अब नासाले अनुसन्धान गर्ने 

तस्विर : वेब

एजेन्सी । पृथ्वीमा बसोबास गर्ने मानिसका लागि ‘अन्तरिक्ष’ थुप्रै रहस्य र रोमाञ्चकताको विषय हो । पुरै मानव सभ्यता यसलाई बुझ्न र जान्नका लागि जतिसक्दो प्रयास गरिरहेकै छ । लामो समयदेखि अन्तरिक्षयात्री अन्तरिक्षको यात्रामा जाने गरेका छन् । 

मानिस जहाँ जान्छ त्यहाँ आफूसँगै राम्रो र नराम्रो कुरा पनि साथमै लिएर जान्छ । नासामा यस्तै एक मामिला अगाडि आएको छ, जसमा एक अन्तरिक्ष यात्रीले अन्तराष्ट्रिय अन्तरिक्ष स्टशनबाट आफ्नो पूर्वपतिको बैंक खातालाई अनाधिकृत रुपले ‘एक्सेस’ गरको आरोप छ । हाल नासाले यस मुद्दामाथि छानबिन गरिरहेको छ । 

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार, अन्तरिक्षयात्री एनी म्याकक्लेनले सम्बन्ध विच्छेद भइसकेका पति समर वार्डनले नासाको अन्तराष्ट्रिय स्पेस स्टेनशनमा रहदाका दौरान एनीले आफ्नो खातालाई एक्सेस गरेको उनीमाथि आरोप लगाएका छन् । अमेरिकी पूर्व वायुसेना अधिकारी वार्डनले म्याकक्लेनविरुद्ध संघीय व्यापार आयोगमा मुद्दा दर्ता गराएका थिए । रिपोर्टका अनुसार, म्याकक्लेनले बैंक खातालाई एक्सेस गरेको कुरा स्विकारेकी छिन् । यद्यपि, उनले यस दौरान कुनै पनि गलत काम नगरेको बताएकी छिन् । 

म्याकक्लेनले परिवारको आर्थिक स्थिति ठिक छ कि छैन भन्ने सुनिचिश्त गर्न मात्रै यसो गरेको आफ्नो वकिलको माध्यमबाट न्यूयोर्क टाइम्सलाई बताएकी छिन् । ‘के वार्डनसँग छोराको हेरचाहका लागि बिल भर्ने पर्याप्त पैसा छ ?’ म्याकक्लेनको वकिल रस्टी हार्डिनले भनिन्, ‘उहाँले कुनै पनि गलत प्रकारकाे कदम नउठाएको बताउनुभएको छ । उहाँ आफ्नो परिवारलाई सहयोग गरिरहनुभएको थियो’ । 

एनीको विवाह वायुसेनाको गुप्तर विभागका अधिकारी वार्डनसँग सन् २०१४ मा भएको थियो । तर, चार वर्षपछि नै दुवैबीच सम्बन्धविच्छेद भएको थियो । 

यस मामिलामा निष्पक्ष जाँचका लागि दुवै पक्षसँग सम्पर्क भइरहेको नासाको अफिस अफ इन्स्पेक्टर जनरलले बताएका छन् । यदि यो आरोप प्रमाणित भएमा यो अन्तरिक्षमा गरिएको पहिलो अपराध हुनेछ । 

रोचक कुरा के छ भने, मानिस जब अन्तरिक्षमा कुनै अपराध गर्छ, उक्त अपराधका लागि पृथ्वीमा लागु कानुनको माध्यमबाटै फैसला सुनाउने गरिन्छ । यस्तो अवस्थामा यदि एनी दोषी प्रमाणित भइन् भने उनलाई अमेरिकी संघीय कानुनअनुसार सजाय सुनाइने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर