नेपाल इन्स्योरेन्सले ७.५ प्रतिशत वोेनश शेयर जारी गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको आईतबार बसेको ७० औं साधारण सभा हालको चुक्ता पूँजीको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख ३ हजार ८ सय ३२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ पु¥याउने प्रस्ताव पारित पनि गरेको छ ।

साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर