• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सरकारको सामाजिक सुरक्षा योजना र अनिवार्य प्यानप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौं । सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टी जनाएका छन् । 

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आईतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरेका हुन् । उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पुर्व आकलन गर्न नसकिएको तर्क गरे । फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्था प्रति पनि उनले असन्तुष्टी जनाए ।

उनले भने–‘अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो आर्थिक अवस्था राम्रो हुनुपर्यो । सिंगो व्यवसाय फस्टाउँदै जानुपर्यो । आर्थिक गतिविधि तिब्र ढंगले संञ्चालन हुदै जानुपर्यो । आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याईकन कुनै पनि कदम चाल्नु हुदैन ।’

उनले मुलुकको पुर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरि यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गरे ।

राजधानीमै आईतबार भएको दुई भिन्ना भिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागु गर्न मजदुरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताएका थिए । फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउ नपाउने गरि सरकारले नियन्त्रण गर्न नमिल्ने तर्क गरे ।

विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीज सम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेको तर्फ लक्षित गर्दै उनले विभिन्न जात जातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने धारणा राखेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर