• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 12:50 pm

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणबाट म खुशी छैन : ट्रम्प

फ्रान्स । उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । तर उनले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गरे । 

‘क्षेप्यास्त्र परीक्षणप्रति म खुशी छैन तर फेरि उहाँ (उत्तर कोरियाली नेता किम जोङ–अन) सहमतिको उल्लङ्घन गर्ने पक्षमा पनि हुनुहुन्न ।’

उत्तर कोरियाली राज्य सञ्चालित सञ्चारमाध्यमले किमले छोटो दूरीको बहुमुखी रकेट प्रक्षेपक क्षेप्यास्त्र परीक्षण गरेको निरीक्षण गरेको भन्ने समाचार प्रशारण गरेपछि ट्रम्पको उक्त भनाइ आएको हो ।

उत्तर कोरियाले शनिबार उक्त छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको दक्षिण कोरियाली सेनाले बताएको थियो । अमेरिका–दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप पछिल्लो समय केही छोटो दूरीका हतियार परीक्षण गरेको बताइएको छ ।

तर जापानी प्रधानमन्त्री सिन्जो आवेले यसबारे विपरीत धारणा व्यक्त गरेका छन् । उनले भने, ‘उत्तर कोरियाका पछिल्ला परीक्षण संयुक्त राष्ट्रसङ्घको नियमको प्रष्ट उल्लङ्घन हो र यो ‘गम्भीर खेदजनक’ कार्य हो ।’ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

२०९ वर्ष पुरानो चिहानमाथि रेल्वे स्टेसन बन्ने, ६५ सय कंकाल निकालिँदै

  • ६ असोज, २०७६

बर्मिंघम । बेलायतको बर्मिंघमस्थित चिहानमाथि एचएसटु रेल्वे स्टेसन बन्ने भएको छ । रेल्वे स्टेसन निर्माणका लागि ६५ सय कंकाल निकाल्न थालिएको छ । कंकाल

तापक्रम विश्वव्यापी बढ्दै, नयाँ उपायको खोजी गर्न आग्रह 

  • ६ असोज, २०७६

एजेन्सी । विश्वव्यापी रुपमा उष्णता बढ्दै गएको जलवायु सम्बन्धी आइतबार प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको छ । जलवायु परिवर्तन सम्बन्धी

ट्रम्प र मोदीले गरे एक अर्काेकाे प्रशंसा

  • ६ असोज, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्काको प्रशंसा गरेका छन् । अमेरिकाको टेक्सासमा भएको