• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:14 am

रविसँग मिलेर पुडासैनीलाई 'रेप केस'मा फसाउन खोजेको अस्मिताको बयान

चितवन । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बलात्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेकी छन् ।

चितवन प्रहरीले आईतबार अभियोजन पत्र दर्ता गरेपछि भएको बयानका क्रममा आत्महत्या गर्न दुरुत्साहन गरेको आभियोगमा पक्राउ परेकी अस्मिताले टिभी कार्यक्रम संचालन रवि लामिछाने, युवराज कुंवर र आफु मिलेर पुडासैनीलाई बतात्कार केसमा फसाउन लागेको स्विकार गरेको चितवन जिल्ला अदालत श्रोतले जानकारी दियो ।

आईतबार चितवन प्रहरीले पुडासैनीको आत्महत्या अघिको भिडियो र त्यसपछि गरेको अनुसन्धानहरुको संकलन गरेर रवि लामिछाने, युवारज पुडासैनी र अस्मिता कार्कीलाई ३ वर्ष कैद र ५० हजार जरिवानाको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

अभियोग पत्र पछि आईतबार अस्मिताको बयान भएपनि युवराज र रविको सोमबार गर्ने तयारी जिल्ला अदालतको छ । तीनै जनाको बयान सकिएपछि थुनछेक बहस गरेर चितवन जिल्ला अदालतले आवश्यक निर्णय लिनेछ । 

मृतक पुडासैनीले आफ्नो भिडियोमा दावी गरेको र अस्मिताले दिएको बयान मिल्न गएको देखिएको छ । अस्मिताले पुडासैनिसँगको सम्बन्धबाट छुटकारा पाउन न्यूज २४ को टिभीको सिधा कुरा जनतासँगको टोलीलाई गुहारेको, आफुपनि टेलिभिजनमा पुगेको बताएकी छन् । तर यसअघि रविले भने अस्मितासँग अहिले सम्म चिनजान र भेटघाटै नभएको दावी गरेका थिए ।

आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बुटवलका नगरप्रहरीलाई प्रहरी तालिम केन्द्रमार्फत विशेष प्रशिक्षण

  • ३० भदौ, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम प्रदान गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम

विकास र समृद्धिको पहिले सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

  • ३० भदौ, २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो सर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन्

भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ

  • ३० भदौ, २०७६

कैलाली ।  सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक