• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

माटोबाट सुनका गहना बनाउने अनौठो परिवार

एजेन्सी । राजस्थानको एक विशाल गाउँमा एक यस्ता परिवार बस्छन् उनीहरु माटोबाट सुनका गहना बनाउँछन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हाे । उनीहरु माटोलाई पानीमा भिजाएर सुनका जस्तै आकृति भएका गहना बनाउने गर्छन् र देशका विभिन्न सहरमा लगेर बेच्ने गर्छन् । जसबाट उनीहरुको दैनिकी चल्ने गरेको छ । 

उनीहरुको मान्यता छ की,जसरी सुनका गहनाले महिलाको सुन्दरर्तालाई निखारर्ने गरेको हुन्छ त्यसरी नै माटोबाट बनेका गहनाले पनि महिलालाई आकर्षण देखाउँछन । आर्थिक अवस्था बलियो भएकाहरुले सुन  प्रयोग गर्छन्  भने कम्जोर आर्थिक स्थिति भएकाहरुले माटोबाट बनेको सुन जस्तै देखिने गहना प्रयोग गर्छन् । 

माटोको गहना बनाउने एक परिवार बताउँछन् । उनीहरु करिब २० वर्ष देखि यस्ता गहना बनाउँदै आएका छन् । यो एकदम सामान्य मुल्यमा विक्रि हुने गरेको छ । महिलाले लगाउँने हरेक डिजाइनमा गहना तयार हुन्छ । केही घरमै आएर लैजान्छन् भने केही विभिन्न सहरमा माग अनुसार पुर्याउने गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर