• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:19 am

१७ होटलका मालिक चावला चोरी आरोपमा विमानस्थलबाट पक्राउ !

तस्विर : वेब

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, के १७ वटा होटलका मालिक त्यो पनि अमेरिका जस्तो देशमा चोरी गर्लान् ? तर, यो सत्य हो । भारतीय मूलका होटल कारोबारी दिनेश चावलालाई अमेरिकाको टेनेसी विमानस्थलअघि सामान चोरी गरेको आरोपमा गिरफ्तार गरिएको छ । 

मिसिसिपीको क्लिभल्याण्ड निवासी तथा चावला होटलका सिइओ दिनेश चावलालाई बिहिबार मोम्फिस विमानस्थलबाट गोरीको आरोपमा गिरफ्तार गरिएको थियो । अमेरिकाको मिसिसिपीमा चावलाको १७ वटा होटल रहेको बताइएको छ । 

गिरफ्तारीको रेकर्डअनुसार, चावलालाई गत अगस्ट १८ मा एक ‘सुटकेस’ आफ्नो गाडीमा राख्दै गरेको देखिएका थिए र त्यसपछि उनी विमानमा सवार हुनका लागि विमानस्थलभित्र पसे । तर, प्रहरीले चावलाको गाडीबाट चोरी गरिएको सामान बरामद गरेको छ । 

विमास्थल प्रहरीले कार खोज्दा चोरी गरिएको सुटकेस र गत महिना चोरी गरिएको अर्को सुटकेस पनि भेटिएको बताएको न्यूयोर्क टाइम्सलाई उध्रृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

इन्डियन एक्सप्रेसको खबर अनुसार, चावलाले चोरीको आरोप स्विकार गरेका छन् । उनले यसअघि पनि चोरी गरेको कुरा स्विकारेको बताइएको छ । उनी पाँच हजार डलर जमानतमा जेलबाट बाहिर छन् । यस मामिलाबारे तत्काल त्यति धेरै जानकारी नपाइएको बताइएको छ । 

चावला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वव्यावसायी पार्टनर रहेको पनि बताइएको छ । उनले ट्रम्पको परिवारसँगको साझेदारीमा नयाँ होटल खोल्न प्रयो गरेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्रीमानकै अगाडि रूखसँग विवाह गर्ने ३४ वर्षीय महिला 

  • २९ भदौ, २०७६

एजेन्सी । मानिसहरू प्रकृतिमा धेरै रमाउने गर्छन् । ३४ सालकी एक महिलाले वातावरण संरक्षण गर्नका लागि सामाजिक कार्यकर्ता केट कंनिंघले एल्डर नामक एक

९/११ काे अनाैठाे संयाेगमा जन्मिएकी बालिका

  • २९ भदौ, २०७६

एजेन्सी । एक अमेरिकी आमाले आफ्नो नवजात छोरी सेप्टेम्बर ११ को दिन ९ बजेर ११ मिनेटमा ९ पाउण्ड ११ अउन्स तौलमा जन्मेपछि उनी आश्चर्य भएको बताएकी छन्

१५ वर्षमा १० छोराहरु जन्मपछि छोरीको जन्म

  • २२ भदौ, २०७६

एजेन्सी । बेलायतमा एक दम्पतिले १० छोरा जन्मिएपछि एघारौँ सन्तानको रुपमा छोरी जन्मिएपछि उनीहरुको खुशीको सीमा छैन ।  १५ वर्षअघि २२ वर्षको उमेरमा