• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

१७ होटलका मालिक चावला चोरी आरोपमा विमानस्थलबाट पक्राउ !

तस्विर : वेब

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, के १७ वटा होटलका मालिक त्यो पनि अमेरिका जस्तो देशमा चोरी गर्लान् ? तर, यो सत्य हो । भारतीय मूलका होटल कारोबारी दिनेश चावलालाई अमेरिकाको टेनेसी विमानस्थलअघि सामान चोरी गरेको आरोपमा गिरफ्तार गरिएको छ । 

मिसिसिपीको क्लिभल्याण्ड निवासी तथा चावला होटलका सिइओ दिनेश चावलालाई बिहिबार मोम्फिस विमानस्थलबाट गोरीको आरोपमा गिरफ्तार गरिएको थियो । अमेरिकाको मिसिसिपीमा चावलाको १७ वटा होटल रहेको बताइएको छ । 

गिरफ्तारीको रेकर्डअनुसार, चावलालाई गत अगस्ट १८ मा एक ‘सुटकेस’ आफ्नो गाडीमा राख्दै गरेको देखिएका थिए र त्यसपछि उनी विमानमा सवार हुनका लागि विमानस्थलभित्र पसे । तर, प्रहरीले चावलाको गाडीबाट चोरी गरिएको सामान बरामद गरेको छ । 

विमास्थल प्रहरीले कार खोज्दा चोरी गरिएको सुटकेस र गत महिना चोरी गरिएको अर्को सुटकेस पनि भेटिएको बताएको न्यूयोर्क टाइम्सलाई उध्रृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

इन्डियन एक्सप्रेसको खबर अनुसार, चावलाले चोरीको आरोप स्विकार गरेका छन् । उनले यसअघि पनि चोरी गरेको कुरा स्विकारेको बताइएको छ । उनी पाँच हजार डलर जमानतमा जेलबाट बाहिर छन् । यस मामिलाबारे तत्काल त्यति धेरै जानकारी नपाइएको बताइएको छ । 

चावला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वव्यावसायी पार्टनर रहेको पनि बताइएको छ । उनले ट्रम्पको परिवारसँगको साझेदारीमा नयाँ होटल खोल्न प्रयो गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर