• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 07:10 am

‘काश्मिरमा शान्ति छ भन्छ भारत, तर मैले ठीक उल्टो पाएँ’

 कर्फ्यु र प्रतिबन्धकाबीच काश्मिरको श्रीनगरमा १६ दिन

म र मेरी दिदी (कजिन) गत १ अगस्टमा काश्मिरको श्रीनगर पुग्यौँ । काश्मिरमै हुर्किएको म, विमानस्थलमा ठूलो संख्यामा फौज देखिनु र पर्यटक सूचना डेक्क बन्द भएको देख्दा धेरै केही सोचिनँ । 

विश्वकै सबैभन्दा ठूलो सैन्यकृत क्षेत्रमध्ये एक मानिने यस क्षेत्र, घरतर्फ जाँदै गर्दा अन्य बेलाको जस्तो सामान्य भन्दा ठूलो संख्यामा सैनिक बलको उपस्थितिलाई महसुस गरे । काश्मिरमा त्यस समय पर्यटकका लागि उपयुक्त सिजन हो । हजारौँ अमरनाथ तीर्थयात्रामा जानेहरू, नजिकिँदै गरेका इद र विवाह सिजनले गर्दा सडकहरू निकै व्यस्त रहने गर्छ ।

त्यसको भोलिपल्ट बिहान म सबेरै उठें । मेरो फोनमा म्यासेजहरू आएको संकेत आइरहेको थियो । साथीभाइ र परिवारका सदस्यले यहाँ हामी ठीक छौं कि छैनौं भनेर सोधेका थिए । 

समाचार च्यानलहरूले सुरक्षाका कारण तीर्थयात्रीहरु र पर्यटकहरूलाई तत्काल काश्मिर उपत्यका छोड्न आदेश दिइएको समाचार बजाइरहेका थिए । त्यसपछि, मेरी कजिन (काका वा मामाको छोराछोरी)ले दुई घण्टाभित्रमा आफ्नो होटलमा बसेका सबै पर्यटकलाई जाँच गर्न सैनिक अधिकारीले आदेश दिएको बताइन् । 

मानिसमा अन्योलता र भय बढिरहेको थियो । उनीहरू खाना, इन्धन र अत्यावश्यक सामानहरू भण्डारण गर्न थाले । सधैंझैँ कर्फ्यु लाग्नुअघि आफूलाई चाहिने सामाग्री लिन मानिसहरू लाइनका लाइन उभिए, जसपछि पुरै सहरमा अराजकता र आतंक फैलिएको थियो । 

अगस्ट ४ को राति १०ः२० बजे इन्टरनेट चल्न छोड्यो । मध्यरातमा ब्ल्यांकेट कर्फ्यु लागू गरियो । बिहान उठेपछि हामीले थाहा पायौँ टिभी केबलको लाइन र ल्याण्डलाइन फोनले काम गरिरहेको छैन । 

हामीले एउटा पुरानो रेडियो भेट्यौँ र एएम च्यानल सुन्न थाल्यौँ, जसमा हामीले सुन्यौँ– भारत सरकारले गैरकानुनी र असंवैधानिक रूपले संविधानबाट अनुच्छेद ३७०९ लाई हटायो । सबै राजनीतिज्ञ र नागरिक अगुवाइलाई गिरफ्तार गरिएको थियो । 

त्यही साँझ, अब भविष्यले हाम्रो नागरिकका लागि के महत्त्व राख्नेछ भन्नबारे म अनिश्चित हुँदै ओछ्यानतिर लागे । 

अगस्ट ७ का दिन कर्फ्युका बीच मेरी एकजना कजिन हाम्रो घर आइपुगिन् । उनले एक स्याटेलाइट फोन सापटी लिएर आएकी थिइन्, जसका कारण मैले युकेमा रहेका मेरा श्रीमानसँग बोल्न पाएँ । हामी ठिक छौँ भने उसलाई केही व्यक्तिको नम्बर दिएर उनीहरूको आफन्तहरू ठीक छन् भनिदिन भने । 

त्यही साँझ म र मेरो कजिन सहरकै अर्को कुनामा रहेका मेरा सासू–ससुरा कहा पुग्यौँ । त्यही सडक हो जुन दुई दिनअघि मानिस, सवारीसाधन र पशुपक्षीले भरिएको थियो, काँडेतारले बारेर मरुभूमिजस्तै बनाइएको थियो ।

मुख्य सडकमा एक हूल स्थानीयवासी नारा लगाउँदै, आफ्नो छाती पिट्दै सैनिक बलमाथि चिच्याउँदै गरेको देख्यौँ । सैनिक बलले बलिरहेको टायरलाई ‘दल पोखरी’तिर फ्याँकेर निभाउने प्रयास गरिरहेका थिए । धातुका बट्टाले सडक अवरुद्ध गरिएका थिए । 

दुई वर्षपछि म मेरा कजिनहरूसँग भेट भएको थियो । शान्त वातावरणमा हामी श्रीनगरबाट कार गुडाइरहेका थियौँ । एक मात्र संवाद चेकपोस्टमा हुन्थ्यो, जहाँ सैनिकहरू हामीलाई परिचयपत्र माग्थे । 

घरमै पालिएका बिरालो र पशुपक्षीसँग केही दिन बितायौँ । केही परको दूरीबाट आएका चिच्याहट, ठूलो बिस्फोटका आवाज हामी बेलाबेला सुन्न सक्थ्यौँ । ठूला आवाजहरुले हामीलाई सन्नाटामा पुर्याउथ्यो । घरदेखि थोरै माथि निरन्तर हेलिकप्टरले चक्कर लगाइरहेको हुन्थ्यो । 

साँझतिर बाहिर निस्कन पाउने अवसर कमै पाइन्थ्यो । बाहिर निस्कँदा थोरै मान्छे मात्रै देखिन्थे । आधा मात्र खोलिएका केही पसलबाट हामीलाई चाहिने सामान किन्थ्यौँ । तर, धेरैजसो पसले कहाँ बस्छन् र कसरी सामान जुटाउन सक्छन् भन्नेबारे पत्ता लगाउन सकेनौँ । 

पशुपालकहरू व्याकुल थिए । नजिकिँदै गरेको इदसँगै आफूले पालेका पशुहरू बेच्न असमर्थ थिए र उनीहरूलाई राखिरहन पनि सक्दैन थिए । 

इद आफैँमा एक विशाल उत्सव नभएर शान्त कार्यक्रम हो । ठूलो मस्जिदहरू खुला गरिएको थियो, तर मानिसहरू आफ्नो सुरक्षाका लागि स्थानीय मस्जिद जान चाहन्थे ।

कुनै पनि बालबालिका सजिएको हिँडिरहेका थिएनन्, न त कुनै खेलौँना नै किनिरहेका थिए । मिठाई बेच्ने सडकमा कोही पसले थिएनन् र मानिसलाई रमाइलो गराउने कोही थिएनन् । सडकहरू भयपूर्वक शान्त थिए । 

मासु पसलेहरू पनि कमै थिए । धेरैजसोले धार्मिक रीतिहरूलाई पूरा गर्न सकिरहेको थिएनन् । हामीले केही स्थानीयवासीसँग कुरा गर्यौं । उनीहरूले आफ्नो जिन्दगी बर्बाद पारेको र अब बाँच्नका लागि उनीहरूसँग केही पनि नभएको हामीलाई बताए । 

१४ अगस्टका दिन कर्फ्यु अझ कडाइ गरियो । त्यो दिन पाकिस्तानको स्वतन्त्रता दिवस थियो । हामीले बाहिर निस्कने प्रयास गरेनौं । मध्याह्नतिर केही प्रदर्शनकारी हामीले देख्यौं । त्यसको केही घण्टापछि विस्फोटका आवाजहरू आए । सेनाले अश्रुग्यास र मरिच स्प्रे प्रहार गरेपछि केही मानिस जसमा महिला पनि थिए, उनीहरू घरको पछाडि भागिरहेका थिए । 

हामीले तत्कालै झ्याल बन्द गर्न भ्याएनौँ र अश्रुग्यासले घर भरियो । मेरो बुबाआमा दमको रोगी हुनुहुन्छ र हामीले कोठामा सफा हावा ल्याउँदासम्म उहाँहरूले निकै कष्ट गर्नुपर्यो । म छतमा थिएँ, बाहिर के भइरहेको छ भनी हेर्न पुगेको थिएँ ।

पछि, सैनिकहरू प्रत्येक घरमा पुगिरहेका थिए । त्यस साँझको समाचारमा काश्मिरमा त्यस दिन भएको अशान्ति, भय, प्रतिबन्ध र घाइतेबारे केही उल्लेख गरिएको थिएन । 

अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । केन्द्र सरकारद्धारा स्वतन्त्रता र प्रजातन्त्रको उत्सव मनाइरहेको मैले समाचार हेरें । प्रधानमन्त्री नरेन्द्र मोदी काश्मिरमाथि लिइएको निर्णयले भारतीय नागरिकमा खुसी छाएको बताए । एक खर्ब नागरिक बसोबास गर्ने एक राष्ट्रले कसरी मानिसको दुख र कब्जामा खुसी मनाउन सक्छ भन्ने सोचेर म अचम्ममा परें । 

आवत–जावत प्रतिबन्ध, असुरक्षा र सञ्चारमाध्यममाथि प्रतिबन्धकाबीच मानिसहरू डराइरहेका थिए । उनीहरू काम गर्न पाइरहेका थिएनन् र उनीहरूले रोजगारी गुमाउन सक्छन् । सहर पूर्णरूपले बन्द कोठाजस्तै बनेको छ । सैनिकहरू आतिसबाजीसँग उत्सव मनाइरहेको तपाईं सुन्न र हेर्न सक्नुहुन्छ ।

र अगस्ट १६ अर्थात् काश्मिरमा मेरो अन्तिम दिन । हाम्रो फ्ल्याट साँझको ५ बजे भए पनि हामी बिहानै निक्लियौँ । हामीसँग उडानको टिकटका लागि पुष्टि गर्ने र उडान चालु छ कि छैन भन्ने बुझ्ने कुनै माध्यम थिएन । 

विमानस्थलमा थप सैनिक बलहरू आफ्नो झोलाहरूसँग आइरहेका थिए । टर्मिनल निकै शान्त थियो । हामी दुई यात्रु बोक्ने विमानमा सवार भयौँ, तर हामी जम्मा–जम्मी ५० जना थियौँ । 

विमानभित्र हामीलाई सिटबेल्ट बाँध्न भनियो । सिटहरू सीधा थिए र झ्यालको ब्लाइन्डहरू खुला थिए । तर, एकछिनपछि हेर्दा ब्लाइन्डहरू लगाइएका थिए । मैले खोल्न खोजें, तर चालक दलले सबैलाई बारम्बार ब्लाइन्डलाई बन्द रहन दिन आग्रह गरिरहेका थिए । त्यसपछि, विमान विस्तारै चल्न थाल्यो र टेकअफ गर्यो । 

जहिले पनि जब म काश्मिर छोड्छु, आकाशबाट काश्मिर उपत्यकाको तस्बिर लिने गर्छु । अब, यो सानो टोकनलाई पनि खोसिएको छ । 

यही अगस्ट महिनाको सुरुवातमा भारत सरकारले जम्मू–काश्मिरलाई दिँदै आएको विशेषाधिकार धारा–३७० खारेज गर्यो । यस विशेषाधिकारमा मुस्लिम बाहुल्य भएको यस राज्यलाई विशेष अधिकार दिइएको थियो, जसमा रक्षा, सञ्चार र विदेशी मामिलालाई छोडेर बाँकी सबै मामिलामा कानुन बनाउने आफ्नै संविधान र स्वयत्तताको आधिकार आदि पर्छन् । तर, ५ अगस्टमा जारी भारतीय राष्ट्रपतिको एक फैसलाले भारतको संविधानको धारा ३७० नै हटाइएको छ ।

यस कदमको अगुवाइ गर्नका लागि भारतले यस विवादित क्षेत्रमा हजारौँ थप सैनिक पठायो र कर्फ्यु लगू गरेको छ । दुरसञ्चार र इन्टरनेट प्रतिबन्ध लगाएको छ र राजनीतिक नेताहरूलाई गिरफ्तार गरेको छ । कर्फ्यु र प्रतिबन्धकाबीच काश्मिरको श्रीनगरमा १६ दिन बिताएपछि त्यहाँको जनजीवन कस्तो छ भनी एक व्यक्तिले अलजजिरालाई दिएको विवरण समाचार दैनिकका लागि अनुवाद गरेकाे हाे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सलाम ! 'कमरेड दिवाकर'

  • ३० भदौ, २०७६

(उनी मेरा लागि एक साथी, एक सहिद पिता, एक कमान्डर तथा एक नेता थिए । अन्तिम सन्ध्याकालीन अनौपचारिक भेट मन र मस्तिक खोलेर बिताइयो । र, फेरि उनकै घरमा

‘११ सेप्टेम्बर’ आक्रमणकाे १८ वर्ष : आतंकवादी विरुद्ध अझैपनि असफल अमेरिका !

  • २५ भदौ, २०७६

बिबीसी । १८ वर्षअघि सन् २००१, ११ सेप्टेम्बरका दिन अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो । यस घटनाले विश्वको राजनीतिमा ठूलो

ब्रेक्जिटपछिको बेलायत : के प्रजातन्त्र मर्दै छ ? 

  • १६ भदौ, २०७६

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हालै लिएको संसद्लाई पाँच हप्ता निलम्वन गर्ने गरी हालै लिएको बाटोलाई विश्व समुदायले विरोधाभासपूर्ण