सुस्त मनस्थितिका बालबालिकालाई परिचयपत्र वितरण

बुटवल । बुटवल उप–महानगरपालिकाले सुस्तमनस्थिती बाल बिद्या मन्दिरमा अपाङ्क भएका बालबालिकालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । सुस्त मनस्थिति बाल विद्या मन्दिरमै पुगेर बुटबल उपमहानगरपालिका कार्यवाहक प्रमुख गुमादेवी आचार्यले परिचयपत्र वितरण गरिन । 

उपमहानगरपालिकाले अपाङ्गता भएका व्यतिmहरुलाई लगत संकलन गरेर उनीहरुको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्दै आएको छ । सुस्तमनस्थिति भएका बालबालिकाहरुलाई परिचयपत्र वितरण गर्दै कावा प्रमुख आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् । 

उक्त विद्यामन्दिरमा रहेकामध्ये १४ जनालाइ रातो काड बितरण गरिएको थियो ।  ख वर्गका २ ओटा काड ग बर्गका २ ओटा काड गरि १८ ओटा काड मंगलबार बितरण गरिएको छ । बुटबल उपमहानगरपालिकामा भित्र रहेका र अपाङ्ग हो भन्ने  पहिचान भएका आठ सय जना अपाङ्ग भएका व्यतिmहरुलाइ तीन प्रकारका परिचय पत्र बितरण गदै आएको कावा प्रमुख आचार्यले जानकारी दिए ।

अपाङ्ग भएका ब्यक्तिहरु कोहि छुटन गएमा १९ वटै वडा कार्यालयमा सम्पर्क राख्न उपमहानगरले आग्रह गरेको छ । 

कार्यक्रममा बुटबल उपमहानरपालिका कार्यपालिका सदस्य सिता थापाले फरक क्षमता भएका समुदायको हितमा आफुहरु क्रियाशिल रहेको बताइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर