प्रहरीको बर्दी लगाउँदैमा अपराध गर्ने छुट हुँदैन : प्रदेश प्रहरी प्रमुख कार्की

जनकपुरधाम । प्रदेश २ प्रहरीले एक वर्षमा गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । 

जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्कीले प्रदेश प्रहरीले गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रदेश प्रहरी प्रमुख कार्कीले प्रगति विवरण सार्वजनिक गर्दै प्रदेश २मा अवैध मदिरा, लागु औषध तथा तस्करी, महिला हिंसा मुख्य चुनौती रहेको बताए । प्रदेशको ८ वटै जिल्ला भारतीय सिमासंग जोडिएकोले विभिन्न प्रकारको अवैध क्रियाकलाप तथा तस्करी नियन्त्रण गर्न मुख्य चुनौती रहेको उनले बताए  । 

उनले भने ‘प्रहरी संगठनलाई सुढुढ पारी विशेष प्राथमिकतामा राखेर तस्करी रोक्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ ।’ भारतीय सीमा भएर लागु औषध, खाद्यान्न समाग्री, सुन चाँदी, लत्ताकपडा लगायत भन्सार छली गरी ओसारपसार गर्ने कारोबारी बारे चर्चा गर्दै यसलाई रोक्न विभिन्न योजनाबद्ध तरीकाले अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

‘तस्करी रोक्न यस अघि पनि विभिन्न पहल भएको छ,’ उनले भने, ‘तर, पूर्ण रुपमा प्रभावकारी भएको छैन ।’ तस्करी नियन्त्रण हुन नसक्नुको अर्को चुनौती सामान ओसार पसार गर्ने व्यक्ति मुख्य कारोबारी नभएको हुनाले प्रहरीलाई नियन्त्रण गर्न असहज भएको हो ।  

लागुऔषध ओसार पोसारमा भारतीय सुरक्षा अधिकारीसंग समन्वय सहकार्य भए पनि  त्यो अनुरुप काम हुन नसकेको भन्दै यसलाई न्युनिकरण गर्न सबै नागरिकलाई सहयोग गर्न उनले आग्रह गरेका छन् । 

गत वर्ष १८ करोड ६४ लाख मुल्य बराबरको सामानसहित २ सय ८५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरीका तथ्यांकले दे्ेखाएको छ । 

‘गत वर्ष नै सुन १ केजी ३३ तौला ३४ लाल समातिएको,’ उनले भने, ‘चाँदी ५६ केजी ६४ तौला १ सय ६४ ग्रामसहित ३२ जनालाई पक्राउ गरिएको छ । 

त्यस्तै गत आर्थिक वर्षमा गाँजा २हजार ५ सय किलो, ब्राउन सुगर एक किलो १ सय ५१ ग्राम ५ मिलीग्राम, ह्वाइट सुगर २ ग्राम ८० मिलीग्राम चरेस, ७ सय २९ किलो ८ सय ४८ ग्राम चार सय मिलीग्राम अन्य औषधीसहित १ हजार २२ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख छ । यी सबै भारतबाट नै नेपाल तर्फ तस्करी भएको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । 

खुल्ला सीमानाका कारण तस्करी कारोबार फस्टाएको भन्दै यसलाई विशेष निगरानी गरी न्युनिकरण गर्नेमा कार्कीले जोड दिए । प्रहरीको मिलोमतोमा तस्करी बढेको जिज्ञासा स्पष्ट पार्दै उनले प्रहरी संगठनको सुधार भइरहेको बताए । 

विभागिय कारवाहीमा परेको प्रहरी बारे बोल्दै उनले प्रहरीको बर्दीमा कसैलाई पनि तस्करी गर्ने छुट नरहेको उनले टिप्पणी गरे । प्रहरी भित्र भएको कमी कमजोरी सुधार गरी आम नागरिकलाई शान्ति कायम गर्ने उनले बताए । ‘गत आर्थिक वर्षमा ३ सय ४७ विभिन्न दर्जाको प्रहरीलाई कारवाही गरेको छ,’ उनले भने, ‘राम्रो गर्ने प्रहरीलाई प्रोत्साहन र विभागिय नीति विपरीत कार्य गर्ने लाई कारवाही गर्नेछु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर