• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:18 am

उद्योग संघको  अधिवेशन असोज ३० मा

बुटवल । रुपन्देही उद्योग संघको ४१ औं बार्षिक साधारणसभा तथा २१ औं अधिवेशन आगामी असोज ३० गते हुने भएको छ । संघको भदौं महिनाको नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो । 

संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशन अन्तरगत नया कार्यसमिति चयनका लागि हुने निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहाकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

अधिवेशनलाई व्यवस्थित तथा भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको संघका महासचिव कृष्ण प्रसाद पराजुलीले बताए । बैठकले अधिवेशनमा खाद्य व्यवस्थापन उपसमिति संयोजकमा सरला भण्डारी, किटव्याग व्यवस्थापन उपसमिति संयोजकमा घनश्याम घिमिरे तथा मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मोहनीलाल रिजाललाई चयन गरेको छ । 

अधिवेशन बुटवल उपमहानगरपालिका ५ स्थित कान्ति माविको सभाहलमा गर्ने गरि स्थान तय भएको संघले जनाएको छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, एशोसियट सदस्यसहित ३२ सदस्यीय नया समिति चयन गर्ने छ । संघमा करिव १२ सय उद्योग प्रतिष्ठानहरु सदस्य रहेका छन् । 

सोही वैठकले सडक दुर्घटनामा परि मृत्यु भएका संघद्वारा उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०५२ द्वारा पुरस्कृत सञ्चारकर्मी स्व.डायलसन अधिकारीको परिवारलाई राहात स्वरुप नगद  ५१ हजार रुपैया दिने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बुटवलका नगरप्रहरीलाई प्रहरी तालिम केन्द्रमार्फत विशेष प्रशिक्षण

  • ३० भदौ, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम प्रदान गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम

विकास र समृद्धिको पहिले सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

  • ३० भदौ, २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो सर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन्

भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ

  • ३० भदौ, २०७६

कैलाली ।  सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक