देवघाटलाई पर्यटन केन्द्रको रुपमा विकास गरिने

देवघाट । धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्नको लागि देवघाट क्षेत्र विकास समितिले दु्रत गतिमा कार्य सम्पादन गर्ने भएको छ ।

देवघाट क्षेत्र विकास समितिको कार्यालयमा वसेको ५६ औ पूर्ण वैठकले विभिन्न ९ वटा योजनाका पास गरेपछि यसको विकासले द्रुत गति लिने भएको हो । देवघाटको सामरिक महत्व कायम राख्नको लागि कालिगण्डकी संरक्षणमा विशेष ध्यान दिने भएको छ । कालिगण्डकीमा पाइने शालिग्रामको संरक्षण गर्नको लागि विषेश पहल गर्न यसै क्षेत्रका सांसद कृष्णकुमार श्रेष्ठलाई अनुरोध गरेको छ ।

कालिगण्डकी नदीको पानी तिनाउमा झार्ने भन्ने सरकारको तयारीले देवघाटको महत्वलाई प्रभाव पार्छ वा पार्दैन भन्ने विषयमा वृहत छलफल गर्नु पर्नेमा जोड दिएको छ । यहाँको धार्मिक महत्व र यसको संरक्षणमा सवै पक्षबाट सहयोग आवश्यक भएको बताइएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेको अध्यक्षतामा भएको वैठकमा रामजानकी बालिका आश्रम संरक्षण भवन निर्माण, आँपटारी देवघाट सडक विस्तार, सार्वजनिक जग्गा संरक्षण गर्ने, देवघाट महोत्सव आयोजना गर्ने, शालिग्राम संग्रह गरी यसको प्रदर्शनी गर्ने लगायतका योजनाहरु रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए ।

देवघाट क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरु व्यक्ति र विभिन्न जात विशेषले अतिक्रमण गरेकाले त्यसको पहिचान गरी संरक्षण गरी राख्ने अभियानमा रहेको छ । त्यस्तै गरी देवघाटमा शवदाह गर्दा लाग्ने दाउरामा ५ सय रुपैया मुल्य बृद्धि गरेको छ । यस अघि ३ हजार रुपैया लाग्नेमा अव ३ हजार ५ सय रुपैया लाग्ने भएको हो ।

वैठकमा तनहूँ निर्वाचन क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान), ३ नं. प्रदेशका सांसद घनश्याम दाहाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आफ्नो धारणा राखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर