• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:26 am

वेपत्ता परिवारको रोदन : ‘वेपत्ता पारिएको १६ वर्षपछि पनि आउँछन की भन्ने आश लाग्छ’

जनकपुरधाम । जनकपुरधाम ४ स्थित कटैया चौरीमा आजभन्दा डेढ दशक अगाडी मनोज दत्त सहित केही युवाहरु संगै गफ गरिरहेका थिए । सोही समयमा दत्तलाई २०६० साल असोज २५ गते कटैया चौरीस्थित घरमा खाना खाईरहेकै समयमा सादा पोशाकमा आएका नेपाली सेनाको एक समुहले सोधपुछ गर्नुछ भनी घरबाटै लग्यो । तर, सोधपुछका लागि लगिएको १६ वर्षपछि पनि मनोजको अत्तोपत्तो छैन ।  

मनोज घर नफर्किएपछि जनकपुरधाम उपमहानगरपालिका–९ रामानन्द चोकमा रहँदै आएकी उनको श्रीमती अञ्जु दत्तको खुशी गुमेको पनि १६ बर्ष भइसक्यो । द्वन्द्वको समयमा बेपत्ता भएको उनको श्रीमान् मनोज दत्त मरे वा अहिले पनि जीवित नै छन् सो खबर नपाएपछि उनको आँखाबाट आँशु नझरेको दिन नै आउँदैन । 

श्रीमान बेपत्ता भएको १६ वर्ष बित्दासम्म उनको अबस्थाबारे पत्ता लगाउन कसैले चासो नदिंदा दत्तको परिवारले घरमै आफैले आफैलाई सान्त्वना दिदै दिन काट्दै आइरहेका छन् । 

‘बेपत्ता श्रीमान खोजी दिन माग गर्दै सबैतिर धाँए’ अञ्जुले भनिन ’खोजीमा कसैले चासो नदिँदा श्रीमानको न सास पाईयो न लास र अव न त आस नै छ । सरकारले सबै खोसिसक्यो ।’ श्रीमानको खोजीमा धेरै दुःख पाएको भन्दै काठमाडौँसम्म धाएको उनले सुनाइन् । 

‘बिभिन्न संघ संस्थाले जहाँ जहाँ बोलाउँछ, त्यहाँत्यहाँ जान्छु,’उनले भनिने, ‘तर सबैले आश्वासन दिन्छ, धैर्यता गर्न भन्छन, तर मेरो श्रीमानको अहिले सम्म कुनै अत्तोपत्तो छैन् ।’

‘श्रीमान फर्केर आउँछन् की  भन्ने आशमा १६ बर्ष वितिसक्यो,’ उनले भनिन्, ’जति आस गरेपनि श्रीमान फर्किएर आउनु भएन,’उनले रुदैँ भनिन्, ‘आँखाबाट झर्ने आँशुको धार अहिलेसम्म उनको यादमा रुकेको छैन तर श्रीमानको आगमन भएन ।’ दत्तको परिवारले सामान्य रुपमा संघ संस्थाबाट आर्थिक सहयोग पाए पनि सरकारी पक्षबाट केही पाउन सकेका छैनन् । 

‘अहिले म जेनतेन ऋण गरेर भएपनि छोराछोरीलाई क्याम्पससम्म पढ्ने बनाएँ’ उनले भनिन्, ‘यही अवस्था रहे छोराछोरीलाई पढाउन सक्ने स्थिती छैन । त्यही भएर सरकारले शिक्षा दिक्षामा सहयोग गरिदिनु पर्यो ।’ 

प्रशासनसहित सरकार समक्ष श्रीमानको अबस्था पत्ता लगाउन आग्रह गरेपनि कुनै वास्ता नगरेको उनले आरोप लगाइन् । ‘जहाँ पनि सोर्स नै काम गर्ने भएकाले मात्र राहत र सहयोग पाउँदा रहेछन’ उनले भनिन्, ‘तर हामी संग सोर्स नै छैन । त्यसैले न श्रीमानको सास पायौं, नलास र नराहत । वास्तवमै पीडा पाउनेले जहाँ गएर हार गुहार गरेपनि कसैले सुन्दा रहेनछन् ।’ 

आँखा अगाडीबाट श्रीमानलार्य वेपत्ता पारिएको धनुषाकै मिथिलानगरपालिका लालगढकी सृजना शाहीले शान्ति सम्झौता भएको यतिका वर्ष हुँदासमेत श्रीमान्को खबर पाएकी छैनन् । शान्ति सम्झौताको यतिका वर्ष पुरा भएपनि वेपत्ता पारिएका खोजीको लागि गठन गरिएको आयोगले पनि हाम्रो लागि केही गर्न नसकेको शाहीको गुनासो छ । 

‘डेढ दशक अगाडी मेरो श्रीमानलाई सशस्त्र जनयुद्धका समुहले लगेका थिए,’ उनले भने, ‘१२ वर्षे सशस्त्र विद्रोहले विश्रामत लियो तर त्यसले दिएको घाउ अझै पनि बेला बेलामा पीडा दिइनै रहन्छ । औपचारिक रुपमा सशस्त्र द्वन्द सकिए पनि घर, परिवार र समाजबाट हामी द्वन्दपिडित थप पिडा, हिंसा र लाञ्छना भोग्न बाध्य हुनु परेको छ उनले दुखेसो पाखिन् ।’ 

यता आजै विभिन्न मानव अधिकारवादी संघ संस्थाहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको छ । १२ वर्षे सशस्त्र जनयुद्धको क्रममा आफ्ना आफन्त बेपत्ता पारिएको मानव अधिकार,बेपत्ताआयोग र सरकारले उचित पहल नगरेको आरोप लगाए । आफन्तको स्थिति जानकारी पाउनु आफुहरुको अधिकार रहेकोले लास वा साँस नभेटिएसम्म खोजी गरिरहने उनीहरुको भनाई छ । 

सशस्त्र द्वन्दकालमा प्रदेश २ को सप्तरीमा २८, सिरहामा ३७, धनुषामा ११ जना वेपत्ता पारिएका थिए जसमध्ये ५ जनाको भव भेटिएको, महोत्तरीमा ११, सर्लाहीमा १७, रौतहटमा २०, बारामा १२ र पर्सामा १७ गरी कूल १ सय ४८ जना वेपत्ता पारिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आर्थिक अभावका कारण धराशायी बन्दै नारी विकास केन्द्र

  • ३० भदौ, २०७६

जनकपुरधाम । मिथिला चित्रकलाका लागि प्रसिद्ध जनकपुरधामको नारी विकास केन्द्र आर्थिक अभावका कारण अहिले दयनिय अवस्थामा पुगेको छ । कुनैबेला ४० लाख

६५ वर्ष भईन्, पूर्णकला कामीले न सरकारी सेवा , न नागरिकता पाईन

  • २७ भदौ, २०७६

पाल्पा । ६५ वर्षको उमेरसम्म पनि नागरिकता नलिएको भन्दा जो कोहीलाई पत्याउन गाह्रो हुनसक्छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका ४, डोकोडाँडाकी एक महिलाको

इतिहास कोर्ने हातहरु...

  • २१ भदौ, २०७६

काठमाडौं । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७