२१ सय रुपैयाँमै विवाह र घुम्न जाने व्यवस्था

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा सुरु हुन लागेको महायज्ञमा २१ सय रुपियाँमै विवाह गरिदिने व्यस्था गरिएको छ । सोह्र श्राद्धको अवसरमा नेपालकमै पहिलो पटक पितृ मोक्षका लागि आयोजना गरिएको धार्मिक ज्ञान महायज्ञ आगामी भदौँ २८ गतेबाट असोज १७ गतेसम्म संचालन हुनेछ ।

महायज्ञमा २१ सय मै विहे गरिदिने 
व्यवस्था गरिएको महायज्ञका मुल बाचक बाल योगेश्वर महाराजले बताए । उनले भने–‘अहिलेको महंगीमा विहे गर्न धेरै पैसा खर्च हुने भएपनि हामीले २१ सयमै विहे गरिदिने व्यवसथा गरेका गरेका छौ । बेहुला रबेहीली खेज्ने व्यवस्था भने हामीले गर्दैनौ तर जोडी मिलेर आउनेलाई दुबोको माला लगाएर , पञ्चेबाजा बजाएर यज्ञमा रहेका हजारौ भक्तजनलाई साक्षि राखि धुमधामकासाथ विहे गर्ने व्यवस्या गरिएको उनको भनाई छ  । उनले भने विहेपछि नजिकको स्थलमा धुनका लागि समेत आयोजकले व्यवस्था गर्न सक्ने बताए । पाल्पाको तानसेन श्रीनगर, स्याङ्जाको वालिङ्ग, गुल्मीको तम्घार र अर्घाखाचीको सन्धिखर्कमा घुम्नका लागि आयोजकले व्यवसथा गर्न सक्ने छ । 

नेपालको चार धाम मध्यको एक धाम र पवित्र तीर्थस्थलको रुपमा रहेको रुरु क्षेत्र धामको विश्वसामु प्रचार गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ  । यज्ञका प्रमूख कथावाचक बाल योगेश्वर महाराजले रिडी धामको प्रचारप्रसार संगै आवश्यक पूर्वाधार निर्माण गर्ने पवित्र उद्धेश्य राखेर महायज्ञ गर्न लागिएको जानकारी दिए । महायज्ञको प्रचारप्रसारका लागि ५ नं प्रदेश, गण्डकी प्रदेश र ३ नं प्रदेशमामा समेत उप समिति बनाएर प्रचार गरिएको उनले बताए । सोह्रश्राद्ध गर्नका लागि नेपालीहरु हरिद्धार, बनारस र कुरुक्षेत्र जानुपर्ने बाध्यताको अन्त्य गरि नेपालमै श्राद्ध गर्ने वातावरण मिलाईएको मुल बाचक बाल योगेश्वर महाराजले बताए । 

महायज्ञमा स्वइच्छाले भक्तजनहरुले दान गर्न सक्ने, पुजापाठ, तुलादान, जस्ता धार्मीक कार्य गर्न सकिने व्यवस्था गरिएको आयोजक समितिका सदस्य रामलाल विश्वकर्माले जानकारी दिए ।

महायज्ञमा विभिन्न ४३ जिल्लाबाट रुरु क्षेत्रको दर्शनका लागि भक्तजनहरु आउने आयोजकलले जनाएको छ । यज्ञ सफल बनाउनका लागि १ हजार एक सय जनाको मूल समिति र विभिन्न उपसमिति समेत गठन गरी क्रियाशिल रहेको छ । २१ दिनसम्म चल्ने महायज्ञमा हरेक दिन १ करोण दिप प्रज्वलन, गंगा आरती, हेलिकप्टरबाट पुष्प वृष्टी सालिग्राम पुजन लगाएतका कार्यक्रम गर्ने व्यवस्था गरिएको छ ।

मेला अवधीभर रुरु धाममा आउने भक्तजनका लागि निशुल्क सवारीसाधनको व्यवस्था गरिएको छ । यस्तै खाना र बाँसको समेत व्यवस्था गरिएको छ आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर