गाईगोरु भीरबाट खसाल्नेमाथि गृहले सुरु गर्यो छानविन

काठमाडौं । नेपालगन्जबाट ट्रकमा लोड गरी ल्याइएका गाईगोरुलाई सुर्खेतको भीरबाट खसालिएको घटनाप्रति गृह मन्त्रालयले छानविन सुरु गरेको छ । मन्त्रालयका अनुसार उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको छ । 

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विञप्ति जारी गर्दै उक्त घटनाको छानविन सुरु भइसकेको बताएका हुन् ।

समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।

बाँके जिल्ला प्रशासनको अनुमती पत्र लिएर नेपालगञ्जबाट २९१ वटा गाईलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हुँदै दैलेखको शिरस्थान लैजाने क्रममा वीरेन्द्रनगर नगरपालिकाको ‘सुपाकुना’ र वीरेन्द्रनगर नगरपालीकाको वडा नं। ८ को ‘कटुकुवा’मा गाईहरुलाई भिरबाट खसालीएको थियो ।

याे पनि ः

दैलेख लागिएको गाई सुर्खेतको भिरमा किन खसालियो ?
झण्डै २ सय गाई भीरमै फालेर फर्किएको ट्रक प्रहरी नियन्त्रणमा

गाईगोरु भीरबाट खसाल्नेमाथि कारबाहीको माग

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर