• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:31 am

जहाँ प्रधानमन्त्रीको उपचार भइरहेको छ...[फोटोफिचर]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि हाल सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा छन् । सस्थ्यमा समस्या देखिपछि उपचार गराएर फर्किएको केही दिनमै प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि पुनः सिंगापुरतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिंगापुर बसाईको १२ औं दिनमा उनले दुईपटक आफ्नो क्याबिनेटका मन्त्रीहरुसंग भिडियो कन्फ्रेन्समार्फत कुराकानी गरेका छन् । ५ भदौमा सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीले ९ भदौमा पहिलोपटक मन्त्रिपरिषद बैठक भिडियोमार्फत संञ्चालन गरे । 

भिडिायो कन्फ्रेन्सबाट पहिलोपटक भएको उक्त मन्त्रिपरिषद बैठकको विरोध समेत भयो । प्रतिपक्षि दलका नेताहरुदेखि केही सर्वसाधरणले समेत देशको सूचना चुहिने भन्दै त्यसको विरोध गरे । 

प्रधानमन्त्री कार्यालयको एक्शन रुमबाट बाहिरिएपछि सरकारका प्रवक्ता एंव सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने उक्त भिडियो बैठकलाई मन्त्रिपरिषद बैठक भनेनन् । 

प्रधानमन्त्री ओलीको अहिले प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार भइरहेको छ । 

उनले आज दोश्रोपटक आफ्ना मन्त्रीहरुसंग भिडियो कन्फ्रेन्सबाट आफ्ना मन्त्रीहरुसंग पुनः बैठक बसेका छन् । मन्त्रिपरिषद्को बैठक नै भिडियोमार्फत गरेकोमा सूचनामा बाहिरिने भन्दै प्रमुख प्रतिपक्षी कांग्रसले संसदमा यस पद्धतिको विरोध गरेको थियो । य

प्रधानमन्त्री ओली उपचार गरेर शुक्रबार फर्किने बताइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल पनि आज सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् । सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताए । 

प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्वेतभैरवमा छ्याङ खान महिलाहरूकाे रस्साकस्सी... [फोटो फिचर]

  • ३० भदौ, २०७६

काठमाडौं । वसन्तपुर दरबार परिसरको श्वेतभैरव मन्दिर आइतबार महिलाहरूको भीडभाड थियो । इन्द्रजात्राको तेस्रो दिन महिलाहरू श्वेतभैरवको मुखबाट धाराका

यस्तो देखियो बसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]

  • २७ भदौ, २०७६

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

  • २५ भदौ, २०७६

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा