• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अन्तरिक्षमा बनेको विश्वको पहिलो होटल यस्तो देखियो

एजेन्सी । अन्तरिक्षमा बनेको विश्वको पहिलो होटलको पहिलो झलक सार्वजनिक भएको छ । अब अन्तरिक्ष पर्यटकले ताराहरुको बीचमा बिदा मनाउन पाउने भएका छन् । 

यस होटलमा आउने पाहुनालाई कुनै शानदार होटल जस्तै महशुस हुनेछ ।  होटलभित्र रेष्टुरेन्ट, बार तथा सिनेमा घरजस्ता सुविधाहरु हुनेछन् । यसका साथै एक पटकमा यहाँ ४ सय पाहुना रहन सक्ने व्यवस्था छ । 

यस होटलको निर्माण ‘द गेटवे फाउन्डेसन’ले गरिरहेको छ भने यस होटलको नाम ‘भोन ब्राउन स्पेस स्टेशन’ राखिएको छ । यस होटल निर्माणमा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र स्थापना गर्दा प्रयोग गरिएको औजार तथा प्रविधि प्रयोग गरिएको छ । 

यस होटलको निर्माणको उद्देश्य खाली वैज्ञानिक मात्रै नभएर कुनै शानदार जहाजको रुपमा गरिएको छ । अन्तरिक्षमा स्थापित होटलमा कृत्रिम ग्राभिटीको प्रयोग गरिनेछ, ताकि पाहुना सामान्य तरिकाले यताउता गर्न सकुन् । 

यस अन्तरिक्ष होटलमा २४ वटा पोर्टस् हुनेछन्, जसमा सुत्ने सबै सुविधाहरु हुनेछन् । त्यस्तै, कोठाभित्र नरम फर्निचर र वार्म कलर्सको प्रयोग गरिनेछ । 

सन् २०२५ सम्ममा होटलको निर्माण सम्पन्न हुने द गेटवे फाउन्डेसनले लक्ष्य लिएको छ । सातामा एक सय बढी पर्यटक होटलको मज्जा लुट्न पुग्ने होटल डिजाइनरहरुको आशा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर