प्रदेश पाँचका सत्ता पक्षकै सांसद भन्छनः कतै अनुदान नै अनुदान,कतै हुँदै नहुँने

बुटवल । प्रदेश पाँचमा सरकारी अनुदानमा वेथिति भएको विषयमा प्रदेश संसदमा पनि कुरा उठेको छ । प्रदेशमा तीनै तहका सरकारले उपलब्ध गराउने अनुदानका कार्यक्रमहरु प्रभावकारी नवनेको  गुनासो बढ्दो छ । झोले किसानहरुले अनुदान लिएको देखि राजनीतिक पहुँच भएकाहरुको हातमा बढी अनुदान पुगेको भन्दै विरोध भइरहेको अवस्थामा बुधवार संसद बैठकमा यस विषयमा पनि कुरा उठेको छ । 
विशेष समय लिएर वोल्दै सत्ता पक्षकै सांसद तिलकराम शर्माले अनुदान वितरण राम्रोसँग नभएको बताए । कतै अनुदान नै अनुदान, कतै पहुँच नै नहुँने गरेको पाइएको छ, उनले भने–यसरी अनुदान वितरण गर्दा समानता हुदैन, समानुपातिक विकास प्रणालीलाई संवोधन हुदैन । 

समान तरिकाले काम हुनुपर्ने भन्दै सांसद शर्माले यस्ता विकृति सच्चाउन कानुन वनाएर वा कसरी हुन्छ सुधार गर्नुपर्ने बताए । त्यस्तै गाउ गाउमा सिंहदरवार पुगेका भएपनि एकीकृत सेवा कार्यालयहरु नहुदा जनताले  सास्ती खेप्नुपर्ने अवस्था रहेको भन्दै यस तर्फ ध्यान जानुपर्ने उनले बताए । 

वौद्ध विश्वविद्यालयका बारेमा कुरा उठ्यो
संसदमा विशेष समय लिएर सांसद कल्पना पाण्डेले लुम्विनी वौद्ध विश्वविद्यालयका बारेमा कुरा उठाइन । राजपाकी सांसद पाण्डेले लुम्विनीवासीले वौद्ध विश्व विद्यालयको अनुभुती हुने गरी काम हुनुपर्ने बताए ।

विश्वविद्यालयले सञ्चालन गर्ने कक्षाहरु लुम्विनीमा गर्नुपर्ने धारणा उनले राखिन  । त्यस्तै कांग्रेस सांसद फखरुदिन खानले लुम्विनीमा पूर्वाधार रहेको भन्दै कक्षाहरु लुम्विनीमै सञ्चालन गर्नुपर्ने धारणा राखे । उनले  लुम्विनीमा आउने विदेशी पर्यटकहरुलाई लक्षित गरेर भाष शिक्षाका कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड पनि दिए । 

त्यस्तै प्रदेश सभा बैठकमा सांसद दीपा विक, गिता थापा, भुवनेश्वर चौधरीलगायतले महिला हिंसा, जातिय विभेद देखि विभिन्न विषयमा कुरा उठाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर