• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:15 am

विश्वकर्मा पूजा तयारी : धमाधम बन्दै छन् विश्वकर्माका प्रतिमा.... [फाेटाेफिचर]

काठमाडाैं । विश्वकर्मा पूजा प्रविधि र मेसिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भाद्र महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ती) दिवस आदि विश्वकर्मा पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान् विश्वकर्माको पूजा–अर्चना गरिन्छ ।

भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान् विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बंगाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति) का दिन मनाउने प्रचलन छ । भारतका कतिपय क्षेत्रमा गोरुतिहार (गोवर्द्धन पूजा) का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार–पूजा) गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ । श्रुतिको वचन छ (विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्दछ ।

विश्वकर्मा पूजा नजिकिएसँगै ललितपुरकाे कुपन्डाेलमा अहिले मूर्तिकारहरू धमाधम विश्वकर्मा प्रतिमा बनाइरहेका छन् । यस्ता बन्दै छन् विश्वकर्माका प्रतिमा–

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्वेतभैरवमा छ्याङ खान महिलाहरूकाे रस्साकस्सी... [फोटो फिचर]

  • ३० भदौ, २०७६

काठमाडौं । वसन्तपुर दरबार परिसरको श्वेतभैरव मन्दिर आइतबार महिलाहरूको भीडभाड थियो । इन्द्रजात्राको तेस्रो दिन महिलाहरू श्वेतभैरवको मुखबाट धाराका

यस्तो देखियो बसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]

  • २७ भदौ, २०७६

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

  • २५ भदौ, २०७६

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा