• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सिइओकै अकाउन्ट ह्याक भएपछि ट्विटरले बन्द गर्यो यो सुविधा

एजेन्सी । सामाजिक सञ्जाल प्लाटफर्म ट्विटरले मुख्य कार्यकारी अधिकारी ज्याक डोर्सीको अिकाउन्ट ह्याक भएपछि ट्विटरले फोनबाट टेक्स्ट म्यासेज ट्विट गर्ने सुविधालाई बुधबार हटाएको छ । 

डोर्सी यसै साता ‘स्विम स्वेप’को शिकार भएका थिए । यस प्रविधिको प्रयोग गरी ह्याकरले प्रयोगकर्ताको फोन नियन्त्रण गर्न सक्षम हुन्छ । यसरी ह्याकरले सामाजिक सञ्जालमा मात्रै होइन, बैंक खाता तथा अन्य संवेदनशील जानकारीहरुको नियन्त्रण गर्न सक्छ । 

खासगरी, स्विम स्वेपको माध्यमबाट जब ह्याकरले तपाईको फोनमा एक्सेस गर्ने मौका पाउँछ, उसले तपाई युजरनेम प्रयोग गरेर म्यासेज पठाउन सक्छ । 

‘ट्विटर खातालाई सुरक्षित राख्नका लागि एसएमएस वा टेक्स्टको माध्यमबाट ट्विट गर्ने सुविधा हाललाई बन्द गरेका छौँ’, ट्विटरको रिपोर्ट टिमले भनेको छ । यस समस्याको दीर्घकालीन सामाधानका लागि खोज गरिरहेको कम्पनीले बताएको छ ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको अकाउन्ट ह्याक भएर आपत्तिजनक ट्विट भएको थियो । ह्याकरले ट्विटमार्फत् रंगभेदी टिप्पणी र आफ्नै मुख्यालयमा बम आक्रमण हुने अफवाह पनि फैलाएको थियो । यद्यपि, अकाउन्ट ह्याक भएको थाहा भएपछि उक्त ट्विट डिलिट गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर