• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

एक अफ्रिकी देश जहाँका मानिस किनमेल गर्न ट्रलीमा नोट भरेर जान्थे !

एजेन्सी । जिम्बाब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको सिंगापुरको एक अस्पतालमा शुक्रबार ९५ वर्षको उमेरमा निधन भएको छ । अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । 

सन् १९८० देखि सन् १९८७ सम्म प्रधानमन्त्री र सन् १९८७देखि सन् २०१७ सम्म राष्ट्रपति बनेका रोबर्ट मुगाबेले ३७ वर्ष जिम्बाब्बेमा शासन गरे । तर, उनको कार्यकालमा जिम्बाब्बेले सबैभन्दा खराब दिन देखेको छ । 

गत वर्षसम्म त्यहा २४ घण्टामा खाने–पिउने लगायत आधारभूत आवश्यकताका चीजको मूल्य दोब्बर हुने गर्थ्यो । यस देशका नागरिक झोलाभरी पैसा बोकेर दूध, सब्जी किन्न जान्थे । यदि घरको सबै किनमेल गर्नु छ भने ट्रलीमा नोट भरेर जाने गर्थे । 

जिम्बाब्बेमा महंगी यति बढेको थियो कि मानिसहरु किनमेल गर्न जाँदा सडकमै ट्रलीमा नोट भरेर हिडिरहेको देखिन्थे । सानो सामान किन्नका लागि पनि धेरै पैसा बोकेर जानुपर्ने हुन्थ्यो । 

विश्व बैंकको एक रिपोर्ट अनुसार, जिम्बाब्बेमा इतिहासको दोश्रो सबैभन्दा महंगी दर प्ग्ने गर्थ्यो । प्रत्येक २४ घण्टामा सामानको मूल्य दोब्बर पुग्थ्यो । 

जिम्बाब्बेको बार्षिक मूद्रास्फिति दर गत जुन महिनामा १७५ प्रतिशत पुगेको छ । यसबाट जिम्बाब्बेमा १० वर्षअघिको जस्तै मूद्रास्फितिको आशंका उत्पन्न भएको छ । त्यस समय जिम्बाब्बेको अर्थव्यवस्था पूर्ण रुपले खस्किएको थियो र बचत समाप्त भएको थियो । 

जिम्बाब्बे सरकारसँग राम्रो नीतिको कमी रहेको अर्थशास्त्री बताउँछन् । १० वर्षअघि त्यहाँको सरकारले बिना कुनै योजना नै नोट मात्रै छाप्ने काम सुरु गर्यो । जसका कारण त्यहाँका नागरिकमा धेरै पैसा भयो, तर खाद्यान्न उत्पादनमा कमी आएका कारण महंगी अत्याधिक बढ्यो । 

त्यस समय जिम्बाब्बेमा जुन मानिसलाई गरिब भनिन्थ्यो, उनीहरुसँग करोडौँ रुपैयाँ हुने गर्थ्यो । तर, त्यसको कुनै फाइदा नै थिएन, किनकि ती पैसाको महत्व कम भइसकेको थियो । 

त्यस समयको आंकडामाथि दृष्टि गर्ने हो भने एक हजार लाख करोड जिम्बाब्बे डलरको मूल्य जम्मा ५ अमेरिकी डलर पुगेको थियो । यसबाट पनि त्यहाँको करेन्सी र महंगीको अवस्था बुझ्न सकिन्छ । 

आर्थिक मन्दी(१९९९–२००८)का दौरान महंगी यहाँसम्म पुगेको थियो कि एक साताको बसको भाडा करिब एक सय ट्रिलियन डलर थियो । सन् २००९ मा ‘हाइपर इनफ्लेशन’लाई नियन्त्रण गर्नका लागि आफ्नो मुद्रालाई छोडेर अमेरिकी डलर र दक्षिण अफ्रिकी र्यान्डलाई आधिकारिक मुद्राको रुपमा सरकारले अपनाउनु पर्यो । 

कसरी यस्तो भयो ? 

जिम्बाब्बेमा जब पैसाको कमी हुन थाल्यो, त्यहाँको सरकारले अन्धाधुन्ध नोट छाप्न सुरु गर्यो । जसका कारण नागरिकसँग पैसा त टन्नै हुने गर्थ्यो, तर महंगीले आकाश नाघेको थियो । 

त्यस्तै, मगाबेले आफ्नो शासनकालमा ल्याएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो ।

सन् १९८०देखि सन् २००९ अप्रिलसम्म जिम्बाब्बेको मुद्रा जिम्बाब्बीयन डलर थियो । त्यसअघिसम्म त्यहाको करेन्सी रोडेशियन डलर थियो । हाल त्यहाँ केही देशको करेन्सीको प्रयोग हुन्छ, जस्तै दक्षिण अफ्रिकाको र्यान्ड, जापानी येन, चिनियाँ युआन, अष्ट्रेलियाली र अमेरिकी डलर । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर