• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'मेसीले चाहेमा बार्सिलोनालाई जुनसुकै बेला बाइबाइ भन्न सक्छन्'

एजेन्सी । संभवत अहिले सम्म कसैले पनि सोचेको छैन होला कि बार्सिलोनाका अर्जेन्टाईन कप्तान, स्टार स्ट्राईकर लियोनल मेसीले कुनै दिन बार्सिलोनालाई बाइबाइ भन्नेछन् ।

किन भने उनले यसअघि प्रिमियर लिगका लागि म्यानचेष्टर सिटीले ल्याएको आकर्षक प्रस्ताव लगायत सवैलाई अस्वीकार गरि बार्सिलोना नै आफ्नो घर भएको बताएका छन् । 

तर पनि बार्सिलोनाले उनीसँग उनले चाहेमा जुनसुकै सिजनको अन्त्यमा बार्सा छोडेर नयाँ चुनौती लिन सक्ने अवस्था सृजना गरिदिएको छ ।

गोल डटकमका अनुसार मेसीले बार्सिलोनासँग चाहेमा जुनसुकै बेला सम्झौता तोड्न सक्ने सूविधा पाएका छन् ।

बार्साकै लिजेण्ड डिफेण्डर जेरार्ड पिके भन्छन्, ‘तर कसैलाई पनि मेसीले त्यस्तो निर्णय लिन्छन् भन्ने कुरामा विश्वास नै छैन ।’

मेसीसँग बार्सिलोनाले गरेको ताजा सम्झौतामा यस्तो क्लज राखिएको छ । ५ पटक बेलो डि ओर जितिसकेका ३२ वर्षीय मेसीले चाहेमा जुनसुकै सिजनको अन्त्यमा बार्सा छोड्न सक्नेछन् ।

मेसीले बार्सासँग गरेको अहिलेको सम्झौता अनुसार उनी सन् २०२१ सम्म बार्सामा रहनेछन् ।

बार्साका अध्यक्ष जोसेप मारिया बार्तोमेउ भन्छन्, 'बार्सिलोना मेसीसँग थप अर्को सम्झौता समेत गरेर उनको बसाई लम्ब्याउन चाहान्छ ।' मेसीले बार्सामा रहन चाहेका दिन सम्म राख्न आफुहरु तयार रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मेसी अझै युवा छन्, त्यो कुरा उनको खेलमा देख्न सक्नुहुनेछ । मेसीले अझै सिकिरहेका छन् । खेलमा अझै नयाँ नयाँ आविस्कारहरु गरिरहेका छन् । मेसी एक व्यक्ति हैन एक क्लब बराबर हुन् । उनले बार्सिलोनाका लागि सबथोक दिएका छन् ।  त्यसैलो मामी मेसीलाई आजिवन बार्सामा राखिरहन चाहान्छौं । जसरी पेले सधैं सान्तोसमै रहिरहे । त्यसैगरि हामीपनि मेसीलाई बार्सामै राखिरहने पक्षमा छौं ।’

मेसीले सन् २०१८ मा एक प्रसंगमा आफुले अर्जेन्टीनामा खेल्न चाहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर