• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

तपाईले देखेकाे ‘सेक्स ड्रिम्स’ले तपाईको व्यक्तित्वबारे बताउँछ !

एजेन्सी । के तपाईले पनि सपनामा कोही अपरिचति व्यक्ति वा पूर्वप्रेमि–प्रेमिका वा परिवारका कुनै सदस्यसंग सेक्स गरेको देख्नुभएको छ ? स्वास्थ्यको हिसाबले यसलाई सामान्य मानिन्छ ।

यस्तो अवस्थामा धेरै पटक तपाई सपना देख्दादेख्दै पनि उत्तेजना महशुस गर्नुहुन्छ । यस्तो अवस्थामा तपाई कतिपय सपनालाई विर्सन चाहानुहुन्छ । यद्यपि, ‘सेक्स ड्रिम’सँग वास्तवमै हुने सेक्सबीच कुनै सम्बन्ध भने हुँदैन, तर तपाईले देखेको सेक्स ड्रिम्सले तपाईको व्यक्तित्वका बारेमा भने थुप्रै कुरा बताउँछ । 

कोही अपरिचितसँग सेक्स गरेको देख्नु – जब तपाई कुनै पनि अपरिचित विपरित लिंगीसँग सेक्स गरेको सपना देख्नुहुन्छ वा कल्पना गर्नुहुन्छ भने तपाईले उसको व्यक्तित्वलाई याद राख्नुहोस् । उदाहरणका लागि, यदि तपाई महिला हुनुहुन्छ र तपाई कुनै दुब्लो, लजालु पुरुषसँग सम्बन्ध राखेको देख्नुहुन्छ भने यसको अर्थ पुरुत्वप्रतिको तपाईको धारणा कमजोर छ । त्यस्तै, यदि तपाई कुनै बोल्ड र साहसिक व्यक्तिसँग सेक्स गरेको देख्नुहुन्छ भने तपाईको व्यक्तित्व सन्तुलनमा छ भन्ने अर्थ हुन्छ । 

अनुहार नदेखिने गरी सेक्स गरिएको सपना – यसको अर्थ तपाई जीवनमा सही व्यक्तिको पर्खाईमा हुनुहुन्छ भन्ने हुँदैन । यसको अर्थ तपाई आफ्नो जीवनमाथि आफै बढी नियन्त्रण चाहानुहुन्छ भन्ने बुझिन्छ । 

पूर्वप्रेमी वा प्रेमिकासँग सेक्स गरेको सपना – यदि तपाई आफ्नो पूर्वजोडीसँग सेक्स गरेको सपना देख्नुहुन्छ भने यसको अर्थ उसलाई लिएर अझै केही भावना छ भन्ने हुँदैन । यो सबैभन्दा आम सेक्स डिप्म हो र यसको अर्थ तपाईले आफ्नो वर्तमान सम्बन्धलाई अझ राम्रो बनाउनु आवश्यक छ भन्ने हुन्छ । 

समलिंगी सेक्स ड्रिम – तपाई वास्तविक जीवनमा समलिंगी हुनुहुन्न तर, सपनामा आफ्नै लिंगको व्यक्तिसँग सम्बन्ध राखेको सपना देख्नुहुन्छ भने त्यसको अर्थ तपाई उक्त व्यक्तिलाई अनुसरण गर्दैहुनुहुन्छ भन्ने हुन्छ । 

उदाहरणका लागि यदि तपाई आफ्नै साथीसँग सपनामा सेक्स गरेको देख्नुहुन्छ भने उसलाई लिएर केही महशुस गर्नुहुन्छ भन्ने हाइन, यसको अर्थ हुन्छ, तपाई ऊभित्र रहेको विशेषतालाई मन पराउनुहुन्छ र आफूलाई ऊजस्तै बनाउन चाहानुहुन्छ । माथि उल्लेखित बुँदा विभिन्न अध्ययनमा आधारित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर