• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'आउने दशकमा सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने ईच्छा छ'–प्रचण्ड (भिडियाेसहित)

म जिवित छँंदै विश्वलाई समाजवादको मोडल दिने छु  

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जिवित छंदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । 

डिपी ढकालद्वारा लिखित पुस्तक 'पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम'को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं । तर हामीले २१ औं सताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौं । हामी दलाल पुंजी र नोकरशाही पुंजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं ? लडाई यहीं छ । तपाई कुन कित्तामा हो ? म चै समाजवादी कित्तामा हो । 

म समाजवादी कित्तामा उभिन अपिल गर्न चाहान्छु । नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौं । नेकपाका ९, १० लाख कम्युनिष्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुंदैन ।’


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर