कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आव्हान  

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । मुख्यमन्त्री शाहीले लगानीकर्ताहरुको लगानी सुरक्षा र मुनाफाको वातावरण तयार गर्न प्रदेश सरकार गम्भिर रुपमा लागेको बताए ।

चिन स्थित नेपाली राजदुतावासको आयोजनामा शनिवार काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले लगानीको वातावरण तयार गर्ने उद्धेश्यले प्रदेश सरकारले १० वर्ष सम्म करछुट दिने निर्णय गरेको बताए ।

उनले कर्णालीमा लगानीका प्रशस्त संभावना रहेको र प्रदेश सरकारले संभाव्य क्षेत्रहरुको परियोजना वैंक तथा प्राथमिकता निर्धारण गरेको जानकारी दिए । मुख्यमन्त्री शाहीले पुर्वाधार विकास, सामाजिक विकास, उत्पादन तथा औद्योगिकरण, पर्यटन तथा वातावरण र सुशासन क्षेत्रमा लगानीका लागि प्रदेश सरकारको प्राथमिकता रहेको बताए ।

कर्णालीमा २५ हजार मेगावाट विद्युत उत्पादन, वहुमुल्य यार्सा लगायतका जडिवुटी, पर्यटन, वहुमुल्य रत्नपत्थर तथा ग्यास तथा खनिज लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने मुख्यमन्त्री शाहीले बताए ।

कर्णाली करिडोरमा सडक पुर्वाधारको विकास संगै कर्णाली करिडोर हुदै मानसरोवरसम्म धार्मिक पर्यटनको ठुलो सम्भावना रहेको उनको भनाई छ । कर्णालीको राजधानी सुर्खेतमा पाँच तारे होटेल, प्रमुख पर्यटकीय स्थल रारा–शेफोक्शुण्डोमा स्तरीय होटेल सञ्चालनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले होटेल व्यवसायमा समेत लगानी गर्न आग्रह गरे ।

अर्गानिक कृषिको विकासका लागि प्रदेश सरकार लागि परेको वताउदै मुख्यमन्त्री शाहीले अर्गानिक मल कारखानामा पनि लगानीको आवश्यकता रहेको तर्फ लगानीकर्ताहरुको ध्यानाकर्षण गराए । मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरमा सडक पुर्वाधारको विकास, सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थल, जडीवुटी प्रशोधन उद्योग, औषधि उत्पादन उद्योग, रत्नपत्थर तथा मार्वल उद्योग, सिमेण्ट उद्योगका क्षेत्रमा पनि लगानी आवश्यक भएको बताए ।

प्रदेश सरकारको ‘प्रदेशको समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को सोच कार्यान्वयनका लागि आगामी पौषमा लगानी सम्मेलन गर्न लागेको वताउदै मुख्यमन्त्री शाहीले कर्णाली लगानीकर्ताको उपयुक्त गन्तव्य भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर