काठमाडाै । बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ ।
जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेश सभाले उनलाई निलम्बन गर्ने भएको छ ।
नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र ४ (१) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो ।
जिल्ला अदालतको सो फैसलाविरुद्ध पुनरावेदन गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेश सभाले प्रक्रिया सुरु गरेको हो । याे समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
काठमाडाै । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।
काठमाडाै । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी
आजको पत्रपत्रिकामा बाँके कोहलपुरमा एक स्कुलको विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछिको तनावको विषयलाई सबैजसो पत्रिकाले प्रमुख समाचार बनाएका छन् ।
प्रतिकृया दिनुहोस