नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु संक्रमण
काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण भएपछि उनी शनिबारदेखि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । डा. रुइतसहित परिवारका तीनजनामा डेंगुको संक्रमण रहेको बताइएको छ ।
डेंगु संक्रमणपछि अस्पतालमा रहेका डा. रुइतले डेंगुको अवस्था डरलाग्दो रुपमा बढिरहेको बताएका छन् । उनले डेंगु फैलाउने लामखुट्टैको नियन्त्रण प्रभावकारी रुपमा चलाउने ढिलो गरे यसले ठूलो महामारीको रूप लिन सक्ने बताएका छन् ।
पछिल्लो समय देशभर डेंगुको संक्रमण बढिरहेको समाचार प्रकाशित भइरहेका छन् । पोखराका अस्पतालमा डेंगुका बिरामीको चाप छ । केही दिनअघि मात्र कृषिमन्त्री चक्रपाणि खनाल पनि डेंगु संक्रमणपछि अस्पताल भर्ना भएका थिए ।
प्रतिकृया दिनुहोस