• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

यस्तो देखियो मोदी र ओलीले भोलि स्विच थिचेर उद्घाटन गर्ने पेट्रोलियम पाइपलाइन‍‍‍... [फोटोफिचर]

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा नेपाल भारत पेट्रालियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् । दुवै देशका प्रधानमन्त्रीद्वयले आ–आफ्नो देशबाट भिडियो कन्फरेन्समार्फत स्वीच थिचेर मंगलबार भल्व खोल्ने भएका हुन् । 

जसका लागि भारततर्फका ३ वटा  र नेपालतर्फका ३ वटा गरेर जम्मा ६ वटा क्यामेरा राखिएको छ । पेट्रोलियम पाइपलाइनमार्फत हाललाई डिजेलमार्फत उपलब्ध हुने बताइएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ७० किलोमिटर लामो पाइपलाइन दुई देशबीचको पहिलो पाइपलाइन हो ।

१ करोड ६० लाख लिटर क्षमता भएको उक्त प्रोजेक्ट २ सय ७५ करोडको लागतमा बनेको हो । ३० महिना भनिएको उक्त प्रोजेक्ट १९ महिनामा सकिएको हो । भोलि १२ बजे दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर पेट्रोलियम पाइपलाइन संचालनमा ल्याउने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइन उद्घाटनको पूर्व सन्ध्यामा ट्विट गर्दै पेट्रोलियम पाइपलाइन नेपाल भारत निकट द्विपक्षीय सम्बन्धको प्रतिक भएको बताएका छन् । मोतिहारी अमलेखगञ्ज पाइपलाइन दक्षिण एशियाको पहिलो पाइपलाइन भएको भन्दै मोदीले यो पुरै क्षेत्रमा ऊर्जा सुरक्षा र दिगो रुपमा पारवहन खर्च कटौति गर्ने बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर