पाल्पामा टिमुर खेतीलाई व्यावसायिक बनाउदै स्थानीय तह

पाल्पा । महत्वपूर्ण जडीबुटीका रुपमा लिइने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि यसको संरक्षणमा स्थानीय सरकारले चासो दिएका छन । जिल्लाको निस्दी गाउपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवि छहरा गाउँपालिकाका भित्रका विभिन्न जंगलमा रहेका टिमुरको पहिचान गरि संरक्षणका स्थानीय सरकारले चासो दिएका हुन । 

जंगलमा खेरा गइरहेका टिमुरका बोटलाई संरक्षण गरि यसको  व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिन सकिने भएको हुदाँ यसको महत्तवमा वृद्धि भएको हो । पाल्पामा डिभिजन वन कार्यालय पाल्पा र  स्थानीय तहसंगको साझेदारीमा तीन ठाउँमा पकेट क्षेत्र बनाएरै व्यवसायिक टिमुर खेती गर्न थालिएको छ ।

जिल्लाको पूवीभेगको निस्दी गाउँपालिकाको अर्चले, पश्चिममा रिब्दिकोटको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाकोे सत्यवती क्षेत्रलाई पकेट क्षेत्रको रुपमा छनोट गरी सामूहिक टिमुर खेती गर्न सुरुवात गएिको छ । तीन स्थानमा गरी ५ सय बढी घरपरिवारले टिमुर खेती गर्न थालेका छन । टिमुरलाई सामान्य रुपमा मानिने र जंगलमा पाईने भएको हुदाँ यसको महत्त्र बुझ्न नसकेका किसानहरुले यसको व्यापारबाट राम्रो आम्दानी हुने भएसंगै टिमुर खेति प्रति उत्साहित भएका छन ।  

डिभिजन वन कार्यालय पाल्पाका प्राविधिका अनुसार अर्चले, ठिमुरे र सत्यवती क्षेत्र टिमुर उत्पादनका लागि उत्तम मानिएको छ । टिमुर खेतीलाई व्यवसायिकरण गर्न नसक्दा पाल्पाबाटै लो्प हुने अवस्थामा पुगेको थियो । स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउनका लागि टिमुर खेती राम्रो भएको र यसबाट नगद आम्दानी लिन सकिने रिब्दीकोट गाउँपाकिाका अध्यक्ष नारायण जिसीले बताए । गाउँपालिकाले जलेश्वर क्षेत्रमा ७ हेक्टर क्षेत्रफलमा टिमुरका १२ हजार बढी बिरुवा लगाएको र आगामी वर्गामा यसलाई वृद्धि गर्दै जानै जिसीको भनाई छ ।  

टिमुरका महत्तव बुझेपछि यसको माग बढ्दो छ भने बजार पनि मूल्य उच्च रहेको छ । जडीबुटीको रुपमा समेत यसलाई प्रयोग गरिने भएको हुदाँ टिमुर खेतीका लागि किसानहरु उत्साहित भएका हुन । रिब्दीकोट गाउँपालिकमा जस्तै  ठिमुरे र अर्चलेमा ६÷६ हजारका दरले टिमुरका बिरुवा रोपिएको छ । टिमुर खेतीबाट छिटो र नगद रुपमा आम्दानी लिन पाइने स्थानीय किसान सिव प्रसाद जिसीले बताए । 

काँचोको २ सय रुपैया र सुकाएको १ हजार ५ सय रुपैयाँ प्रतिकिलोमा विक्रि हुने टिमुरलाई व्यापारका लागि कुनै समस्या नरहेको किसानहरु बताउछन । उत्पादन भएको दिमुर खरिदका लागि व्यापारीहररु घरमै आउने हुदाँ पनि यसलाई विक्रि गर्न सहज भएको रिब्दीकोटका किसान श्रीमान वाग्लेले बताए ।  किसानले सामुदायिक वनमा उम्रेका टिमुरलाई पनि व्यवस्थापन गर्न थालेका छन । केही वर्षअघिसम्म जंगलमा प्रसस्त रुपमा पाइने टिमुरलाई बनमाराले विस्थापित गर्न लागेको हुदा यसलाई उचित संरक्षण गरिएको वाग्लेले बताए । 

एक हजार पाँच सय मिटरदेखि माथि चिसो हावापानी, भएको पहाडी क्षेत्रमा टिमुर खेतीका लागि उपयुक्त हुने मानिन्छ । टिमुरलाई लगाएको तीनदेखि ५ वर्षमा आम्दानी लिन सकिने र ५० वर्षसम्म फल दिने भएकाले पनि खेतीबाट दिर्घकालीन रुपमा फाईदा लिन सकिने देखिनछ । जंगलमा अन्य बोट बिरुवासंगै रहज रुपमा उत्पादन हुने र खेतीयोग्य जमिनमा समेत यसलाई उत्पादन गर्न सकिने भएको हुदाँ खेतीमा थप सरलता आएको छ , पाल्पामा अधिकांश खेतीमा बादर, दुम्सी लगाएतका जंगली जनावरले हैरानी गराएर खेतीयोग्य जमिन नै बाजो रहने क्रम बढ्दो रहेका बेला टिमुर खेती किसानका लागि  आम्दानीको बलियो माध्यम बन्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर