प्रदेश पाँचका सांसदहरु भन्छन : काम नगर्नेलाई कारवाही गर्न सरकार डरायो

बुटवल । प्रदेश नं ५ का प्रैदेश सा.सदहरुले काम नगर्ने ठेकेदारहरुलाई कारवाही गर्न सरकार डराएको भन्दै यसले जनचाहना अनुरुप विकास निर्माणले गति लिन नसक्ने बताएका छन ।  प्रदेशसभामा प्रदेश र संघीय सरकारले समयमै काम नसक्ने ठेकेदारलाई कार्बाही गर्न ढिलासुस्ती भएको भन्दै सा.सदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सोमबार बसेको प्रदेशसभा बैठकको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कार्बाही गर्ने घोषणा गरे पनि कार्बाही गर्न डेढ वर्ष लाग्ने भन्दै समयमा काम नगर्ने ठेकेदारलाई कार्बाही गर्न नसक्ने हो भने जनताले विकासको अनुभुती गर्न नसक्ने बताए ।

प्रदेशसभा सदस्य तारा जिसीले राम्रोसग काम नगर्ने ठेकेदारहरुको रकम भुक्तानी रोक्न नसक्ने काम गरेको तथा कारवाही गर्न कसले रोक्यो भन्दै सरकारको ध्यानाकर्षण गराइन । 

अर्का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले संसदमा उठाएका सवालहरुको समयमै मन्त्रीहरुले जवाफ नपाएको बताए । 
प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रदेशसभाको बैठकमा आफु लगायत धेरै प्रदेशसभा सदस्यहरुले पटक÷पटक मलखादको अभावबारे कुरा उठाए पनि प्रदेश सरकारले संबोधन नगरेको भन्दै मलखादको समस्या समाधान हुन्छकी हुँदैन स्पष्ट जवाफ दिन माग गरे ।

प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले कपिलबस्तु जिल्लाका विभिन्न समस्या बारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्का प्रदेशसभा सदस्य पुष्पा थरुनीले बुटवलको तिनकुने हुँदै देबिनगर जोड्ने पुल निर्माणको काम अलपत्र परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले प्रदेश सरकार मातहतका सरकारी अस्पतालहरुको नेतृत्व अवकास भएका कर्मचारीलाई दिने तयारी भएको सुन्नमा आएको भन्दै त्यस्ताबाट अस्पतालको विकास राम्रो नहुने बताए । 

प्रदेशसभा बैठकमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशसभा बैठकमा बिभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर