नेकपा प्रदेश २ :  शपथग्रहण कार्यक्रममा झडप, प्रभु साहमाथि हातपातको प्रयास

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश दुईको स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गर्न लागिएपछि झडप भएको छ । मंगलबार महोत्तरीको बर्दिबासममा स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गरिएपछि प्रदेश दुईको छ वटा जिल्लाका असन्तुष्ट र सन्तुष्ट पक्षबिच झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुभन्दा आफ्ना आसेपासेलाई प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरे भन्दै असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरु सपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो । असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको जनाएको छ ।

झडपमा नेकपा प्रदेश दुईका अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज समेत गरेपछि एकजनाको टाउको समेत फुटेको नेकपाका स्थानीय कार्यकर्ता राधे महतोले जानकारी दिए । 

तर, नेकपाका नेता रमचन्द्र मण्डलले सामान्य विवाद मात्रै भएको प्रतिक्रिया दिएका छन् । 

यसअघि जिल्ला कमिटी विवादित भएको भन्दै प्रदेश अध्यक्ष प्रभु साहलाई कारवाही गर्न नेकपा सचिवालयमा निवेदन समेत परेको थियो । सोमबार अवेर साँझसम्म काठमाडौंमा विवाद नहुने गरी जिल्ला कमिटीको शपथ गराउन नेकपाका शीर्ष नेताबीच छलफल भएको थियो । छलफलका क्रममा कुराकानी नमिलेपछि विवादित जिल्ला कमिटीबारे पछि सहमति गर्ने गरी तत्कालका लागि सपथ ग्रहण कार्यक्रम रोक्ने समेत कुरा भएको थियो ।

शपथ ग्रहण रोक्ने पक्षमा प्रदेश कमिटीका सहइन्जार्चहरुमा महेन्द्र पासवान र नागेन्द्र चौधरी छन् भने प्रदेश इन्चार्ज सत्यनारायण मण्डल तटस्थ देखिएका छन् । धनुषाका सहइन्जार्चहरु रत्नेश्वरलाल गोइत, यदुवंश झा, शत्रुधन महतो र श्रीप्रसाद साह पनि सपथ ग्रहण रोक्ने पक्षमै छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर