• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नोबेलमा निःशुल्क दन्त स्वास्थ्य शिविर

विराटनगर । नोबेल शिक्षण अस्पतालमा मुखको क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोबेल अस्पताल, धुलिखेल अस्पताल, जापानको ओआइटिए विश्वविद्यालय र नेपाल डेन्टल एसोसिएसन मोरङको संयुक्त आयोजनामा शिविर गरिएको हो ।

शिविरमा मुखको क्यान्सरसम्बन्धी परीक्षण तथा बिरामीलाई उपचार परामर्श दिइएको थियो । नोबेल अस्पताल परिसरमा दुई दिनसम्म चलेको शिविरबाट पाँच सयभन्दा बढीले सेवा लिएको नोबेल अस्पतालका दन्त विभाग प्रमुख डा. धीरेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार एक सय ५० जना बिरामीमा क्यान्सरको लक्षण देखिएको छ भने ३५ जना बिरामीमा मुखको क्यान्सर पत्ता लागेको छ ।

क्यान्सर परीक्षण गराउनेमा मोरङ, सुनसरी, झापा, धनकुटा, इलाम, सिरहा, सप्तरीलगायत जिल्लाका बिरामी धेरै छन् । शिविरमा विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको परीक्षण गरी उपचार परामर्श दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर