• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजका पत्रपत्रिका : वाइडबडी किन्दा अनियमितता गर्नेसंग साँवा–ब्याज असुल गर्नु

काठमाडौं । आजका दैनिक पत्रपत्रिकाहरुमा पाइपलाईनबाट तेल आएको समाचारलाई प्राथमिकतामा राखेको छ । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा अव पाइपबाटै तेल शिर्षकमा समाचार लेखेको छ ।

त्यस्तै आजको गोरखापत्र दैनिकमा पेट्रोलिमय पाइपलाईनको उद्घाटन शिर्षकमा समाचा छापिएको छ । आजको अन्नपूर्ण पोष्टमा पाइपबाट इन्धन शिर्षमा समाचार छापिएको छ । त्यस्तै अन्नपूर्ण मै  वाइडबडी किन्दा अनियमितता गर्नेसंग साँवा–ब्याज असुल गर्नुपर्ने समाचार छापिएको छ । समाचारमा भनिएको छ, नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।

निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि खरिद सम्झौता गरेको थियो। दुवै जहाज २ सय ३० टनका ल्याइएका थिए। १२÷१२ टन कम क्षमताका विमान लिँदा भएको मूल्यअन्तरबराबरको रकम फिर्ता गराउन समितिले सरकारलाई भनेको हो।

नत्र कूटनीतिक नियोगको सहयोगमा भ्रष्टाचार उजुरी प्रक्रिया अगाडि बढाउन भनिएको छ। साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर