• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

युरोकप छनोट : इंग्ल्यान्डसँग कोसोभो पराजित

एजेन्सी । सन् २०२० मा हुने युरोकपका लागि छनोट खेलमा मंगलबार मध्य राति भएको खेलमा इंल्यान्डले कोसोभोमाथि ५–३ को जित निकालेको छ । 

खेलको पहिलो मिनेटमै कोसोभाका भालोन बेरिसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा इंग्ल्यान्डका राहिन स्टर्लिङले गोल गर्दै खेललाई बराबरी बनाए । 

इंग्ल्यान्डका ह्यारी केनले १९औं मिनेटमा गोल गर्दै खेललाई २–१ ले अग्रता दिलाए । इंग्ल्यान्डकै मर्गिम भोजभोडाले ३८औं मिनेटमा गोल गर्दै टोलीकको अग्रता दोब्बर बनाए । त्यस्तै, जाडोन सान्चोले ४४औं तथा अतिरिक्त समयको पहिलो मिनेटमा लगातार गोल गर्दै खेललाई ५–१ को स्थिति राख्न सफल भए । 

पहिलो हाफमा एक गोल गरेको कोसोभोले दोस्रो हाफमा २ गोल गर्यो । इंग्ल्यान्डले भने सबै गोल पहिलो हाफमा गरेको हो । कोसोभोका बेरिसाले ४९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–२ ले अंक दूरी घटाए । 

५५औं मिनेटमा कोसोभोले पेनाल्टी पायो । प्राप्त पेनाल्टी सदुपयोग गर्दैै भेडाट म्युरिकीले खेललाई ५–३ को स्थितिमा ल्याए पनि त्यसपछि गोल गर्न नसक्दा कोसोभो खेल ५–३ को नतिजा सुम्पिन बाध्य भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर