• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रचण्डका घरबेटीलाई मेलम्ची आयोजनाको ठेक्का !

काठमाडौं । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बनेर पनि कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सन कम्पनीलाई मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का दिइएको छ । कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी नेकपा अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डका घरबेटी हुन् । 

सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको ठेक्का पाएको छ । काठमाडौं उपभोक्ता खानेपानी आयोजना (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सिआइपिइएल÷सैलुङ जेभीले सार्वजनिक खरिद ऐनअनुसार कम रकम कबोल गरेकाले ठेक्का दिएको बताएका छन् ।

सो आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपैयाँको लागत अनुमान तयार पारिएको थियो । निर्देशनालयका अनुसार पाँचवटा कम्पनी बोलपत्रमा सहभागी भए पनि सैलुङ जेभीले कम रकम कबोल गरेकाले सो कम्पनीलाई ठेक्का दिइएको बताइएको छ । 

यो खबर आजको नागरिक दैनिकले छापेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर