• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

युरोकप छनोट : एन्डोराको पोस्टमा फ्रान्सका ३ गोल, ग्रिजम्यान पुनः पेनाल्टीमा चुके

एजेन्सी । सन् २०२० मा हुने युरोकपका लागि छनोटअन्तर्गत मंगलबार मध्य राति भएको खेलमा फ्रान्सले एन्डोरामाथि ३–० को जित निकालेको छ । 

फ्रान्सका लागि किङस्ले कोमाने १८औं मिनेटमा सुरुवाती गोल गरेका हुन् । पहिलो हाफमा १–० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा २ गोल गरेको हो । 

फ्रान्सका क्लेमेन्ट लेङलेटले ५०औं मिनेटमा अग्रता दोब्बर बनाए । खेलेको अतिरिक्त समयको पहिलो मिनेटमा विसम बेन येडरले गोल गर्दै टोलीलाई ३–० को जित दिलाएका हुन् । 

फ्रान्सका एन्टोनी ग्रिजम्यान पुनः पेनाल्टीमा चुकेका छन् । आइतबार अल्बानियाविरुद्धको खेलमा पेनाल्टीमा चुकेका ग्रिजम्यान मंगलबार राति एन्डोरीविरुद्धको खेलमा पनि पुनः चुकेका छन् । अल्बानियासँगको खेलमा पेनाल्टीमा चुकेका ग्रिजम्यानले श्रीमती खेल हेर्न नआएकाले पेनाल्टीमा चुकेको प्रतिक्रिया दिएका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर