• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बलात्कारको आरोपमा इन्जिनियर पक्राउ

बैतडी । बलात्कारको आरोपमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर २७ वर्षीय रोशन चन्द रहेको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । 

स्थानीय १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्ती करणी गरेको आरोप लागेको छ,’ उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।’

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इन्जिनियर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर