• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:34 am

चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् ।

स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औंठी, आधा तोलाको अर्को औंठी र कतारी एक रियल चोरेर भागेका थिए । 

बस्नेतलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबलदार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बोक्सीकाे आरोपमा युवतीमाथि कुटपिट

  • ३० भदौ, २०७६

 धनगढी । धनगढीमा २३ वर्षीया युवतीमाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका–१३ की सीता राना (नाम परिवर्तन)लाई आफ्नै काकी नाता पर्ने

सप्तरीको हनुमाननगरमा अजिंगर फेला 

  • ३० भदौ, २०७६

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा अजिंगर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिंगर भेटिएको इलाका

अवैध चरेस र गाँजासहित पाँच पक्राउ

  • २९ भदौ, २०७६

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करिब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगन्ज जाँदै गरेको भारतीय