• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् ।

स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औंठी, आधा तोलाको अर्को औंठी र कतारी एक रियल चोरेर भागेका थिए । 

बस्नेतलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबलदार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर