• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

इजरायली प्रधानमन्त्री नेतन्याहुले निर्वाचनपूर्व रुस भ्रमण गर्ने

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी साता रुसको भ्रमण गर्ने उनको कार्यालयले जनाएको छ । नेतन्याहुको रुस भ्रमण १७ सेप्टेम्बरमा हुने निर्वाचनमा आफ्नो नेतृत्वका लागि रुसी समर्थन लिन हुन लागेको इजरायली विश्लेषकहरूले बताएका छन् ।

नेतन्याहु रूसको सोचीतर्फ आगामी बिहीबार जाने कार्यक्रम तय भएको र त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने अपेक्षा गरिएको छ । निर्वाचन आउन केही साता बाँकी रहँदा रुस भ्रमण गरेर आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउने उद्देश्यसहित त्यसतर्फ जान लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । 

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने र अर्कोपटकसमेत इजरायललाई नेतृत्व गर्ने सोचमा रहेका नेतन्याहुले इजरायली इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन् । उनले आफ्ना प्रतिस्पर्धी राष्ट्रवादी इजरायल बेटेनु पार्टीका अभिडोर लिवरम्यानको प्रभाव क्षेत्र रहेको मानिने पूर्व सोभियत संघबाट इजरायल आई बसोवस गरेका मतदातालाई प्रभावित पार्न रुसको भ्रमण गर्न लागेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति पुटिनका साथै विश्वका नेताहरूसँग आफ्नो असल सम्बन्ध रहेको र इजरायललाई आफ्नो आवश्यकता पुष्टि गर्ने दाउका रूपमा विश्लेषकहरूले हेरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुले रूसी राष्ट्रपतिसँग सिरियामा इरानका गतिविधिबारे छलफल गर्ने र इजरायल तथा रुसबीचको सम्बन्ध विस्तारका लागि हुने बताएका उनको कार्यालयले जनाएको छ । इजरायलले इरानी हेजवुल्ला समूहलाई लक्षित गरी सिरियामा सयौं हवाई आक्रमण गरिसकेको र सिरियामा इरानी उपस्थितिविरुद्ध सङ्घर्षरत रहेको बताउँदै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर