• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 03:01 pm

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

बझाङ । संकलन गरिएको तीन महिना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुन सकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले संकलन गरेको यार्सागुम्बा थन्किएको छ ।  बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा संकलन गरिएको यार्सागुम्बा थन्किएको र  यार्सागुम्बा संकलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहुँदा  अन्योलमा परेका छन् ।

तीन महिनाको कडा परिश्रमबाट संकलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री नसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए ।  गत वर्ष प्रतिकेजी १८ लाखका दरले खरिद–बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि संकलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताए ।

यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा संकलकहरू बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा संकलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् । जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुङललगायत उत्तरी भेगका बासिन्दा बर्सेनि यार्सा संकलन गर्न जाने गरेका छन् । 

यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा संकलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुंगगी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्लाबाहिरका मानिस जाने गरेका छन् । प्रत्येक वर्ष जथाभावी फोहर तथा उत्खनन गर्ने र धेरै मानिस संकलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हुँदा आगामी वर्षहरूमा यार्सागुम्बा संकलन कार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पर्यटनमन्त्रीको योजना सफल हुँदै : ज्येष्ठ नागरिकले अब ५ सय रुपैयाँमा प्लेन चढ्न पाउने

  • ६ असोज, २०७६

काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ हवाई भाडामा नै सेवा दिने भएको छ ।  कम्पनीले यही

चार बीमा कम्पनीलाई बीमा समितिको सर्कुलर 

  • ६ असोज, २०७६

काठमाडौं । वैदेशिक रोजगार (म्यादी जीवन बीमा) को बीमा शुल्क अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था गर्न  बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ

राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १३ देखि

  • ६ असोज, २०७६

काठमाडौं । पश्चिम नवलपरासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म  राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ ।  कृषि,  पर्यटन,