छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आर्जित लाभांश घोषणा गरेको छ । लघुवित्तले ४४ दशमलव ३३५४ प्रतिशत लाभांशघोषणा गरेको छ । 

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गतआर्थिक वर्षको मुनाफाबाट २७.११८६ प्रतिशत बोनस र १७.२१६८ प्रतिशत नगद गरी कुल ४४.३३५४ प्रतिशत लाभांश दिने भएको हो ।  कम्पनीले ३२ करोड रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने करसहित २० करोड ३१ लाख ५७ हजार ८ सय ९४ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर