• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, प्लाज्मा फेरेसिस गर्दा राखिएको पाइप झिकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् । बुधबार बिहान उनले शिक्षण अस्पतालमा मुटु, मिर्गौला लगाएतको स्वास्थ्य जाँच गराएका थिए ।

स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको  उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा अव कुनै समस्या नरहेको बताए ।

यसअघि प्रधानमन्त्री ओलीले  सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गराएमा थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर