• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:16 am

दाङमा डेंगु नियन्त्रण अभियान सुरु

दाङ । घोराहीमा डेंगु रोग देखा परेपछि घोराही उप–महानगरपालिका वडा नं. १४ ले डेंगुरोग अभियान सुरु गरेको छ । घोराही १४ स्थित  शुभप्रभात माविबाट अभियानको सुरु गरिएको हो । अभियानको  वडा अध्यक्ष शक्तिराम डाँगीले औपचारिक रुपमा उद्घाटन गरे ।

अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घर वरपर रहेका खाल्डा खुल्डी पर्नुपर्ने,झुलभित्र सुत्नुपर्ने लगाएतका कुरामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे । बालबालिका विद्यालय आउँदा अनिवार्य लामा बाउला भएको कपडा लगाउँन पनि सुझाव दिए ।

पछिलो समय दाङमा १५ जना डेंगुका बिरामी फेला परेका छन् । घोराही, तुलसीपुर  बंबई गाउँपालिकामा गरी १५ जना विरामी फेला परेका हुन । घोराही उप–महानगरपालिका ७, तुलसीपुर ६ र बबईगाउँपालिकामा २ जना बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

विरामीहरुको घोराही स्थित गोर्खा  दीपज्योति बुद्ध र तुलसीपुरमा राप्ती लाईफ कियर र तुलसी हस्पिटलमा उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग नियन्त्रण शाखाका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

झापामा पाँच सयभन्दा बढी डेंगीका बिरामी

  • ३० भदौ, २०७६

झापा । तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी

सुन्धारामा ‘सुन्धारा क्लिनिक’ सञ्चालनमा

  • २९ भदौ, २०७६

काठमाडौं । काठमाडौंको सुन्धारामा ‘सुन्धारा क्लिनिक’ सञ्चालनमा आएको छ । प्रतिनिधसभा सदस्य तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङदेनले

 लापरवाहीको कारण नवजात शिशुको मृत्यु

  • २९ भदौ, २०७६

कोहलपुर ।  बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार