• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 11:21 am

भक्तपुर डेङ्गुको उच्च जोखिममा

भक्तपुर ।  देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । 

यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए । 

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए । 

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेङ्गु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेङ्गु रोग भएको बताए ।

उनले भक्तपुर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेङ्गु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रविन्द्र अधिकारीको निधन भएको एक वर्ष पुरा

  • १५ फाल्गुण, २०७६

काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको एक वर्ष पुगेको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङ्गमा भएको

उपत्यकामा भएका पानीको स्रोतको खोजी र संरक्षण शुरु 

  • १५ फाल्गुण, २०७६

काठमाडौँ । मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार

प्रतिनिधि सभाको आजको बैठकमा सात वटा विद्येयक पेश हुने

  • १५ फाल्गुण, २०७६

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक दिउँसो एक बजे बस्दैछ। आजको बैठकमा सात वटा विद्येयक पेश गरिने कार्यसूची रहेको छ ।  बैठकमा प्रधानमन्त्री र