• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 02:57 pm

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् ।

सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरिन् । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने गराइन् ।

‘भारतीय सीमा सुरक्षा बलले जब्बरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनिन्, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’ 

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देबेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए । 
नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उनको तर्क छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ऊर्जामन्त्री पुन र घिसिङ आज राति जापान जाने

  • ६ असोज, २०७६

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जापानको तीनदिने भ्रमणका लागि आज राति त्यसतर्फ जाने भएका छन् । पुनसँगै नेपाल विद्युत

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ काठमाडौंमा

  • ६ असोज, २०७६

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ तीन दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आएका छन् । चिनियाँ कम्युनिस्ट

'गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता गरेका हौं त ? ' –प्रचण्ड (भिडियोसहित)

  • ६ असोज, २०७६

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेबोलेर मात्र देश अघि  नबढ्ने बताएका छन् । कम्युनिस्ट नेतृ सहाना