नेपाल पूर्वाधार सम्मेलन, २०१९ शुरु, ठूला पूर्वाधारमा हात नहाल्न नीजि क्षेत्रलाई भट्टराईको सुझाव

काठमाडौं । समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा सामूहिक छलफल हुनेछ । सम्मेलनका विभिन्न सात  सत्रमा छलफल हुने आयोजकले जनाएको छ । 

    सम्मेलनकै क्रममा आयोजित ‘पूर्वाधार परिदृश्य’ विषयको सत्रलाई  सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अझै पनि ठूला पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था नदेखिएको भन्दै ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने बताए।

विगतमा निजी क्षेत्रले लगानीको घोषणा गरेको परियोजना अलपत्र परेको उहादरण दिँदै उनले ठूला पूर्वाधारमा हात नहाल्न सुझाव दिए। “केही वर्षअघि निजी क्षेत्रले काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण गर्न खोज्यो तर सकेन”, विकसित मुलुकमा सडक, यातायात र सञ्चारजस्ता पूर्वाधारमा राज्यले लगानी गरेको उदाहरण प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “त्यसले निजी क्षेत्रले सडकमा लगानी गर्ने अवस्था नरहेको पुष्टि गरेकाले  सरकारले नै लगानी गर्नुपर्छ ।”

    जटिल भू–राजनीतिक अवस्थाको सही विश्लेषण गर्न नसक्दा निजी क्षेत्रको लगानीले परिणाम दिन नसकेको उनको भनाइ थियो । निजी क्षेत्रले अन्तरराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकमा भने सरकारसँग मिलेर लगानी गर्न सक्ने उल्लेख गर्दैै पूर्वप्रधानमन्त्री भट्टराईले क्षमताबिना रेल्बेलगायत ठूला पूर्वाधारमा हतारमा लगानी नगर्न सुझाव दिए । 


       आर्थिक महाशक्तिका रुपमा उदाउन लागेका दुई छिमेकी मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले दुवै छिमेकीलाई धम्क्याएर होइन, उनीहरूसँगै हिँड्न सुझाव दिए । 

अन्तरराष्ट्रिय सम्मेलनका क्रममा हुने छलफलबाट निस्केका निष्कर्ष कार्यान्वयनमा नल्याइनु दुःखद् भएको उनको गुनासो थियो । “कार्यान्वयन गर्ने पक्षमा  गम्भीर कठिनाइ हुन्छ तर कसैको पनि नियत खराब छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले  भने, “तर परिणामा किन आइरहेको छैन रु”“कोशी, गण्डकी र कर्णाली करिडोरबाट भारत र चीन जोड्ने सडक बनाऔँ”, 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर