रियालेटी शो मै किन भावुक भए धर्मेन्द्र ?

एजेन्सी । सुपर स्टार धर्मेन्द्र केही दिन अगाडी छोरा सनी देओल,नाती करण देवलसंग एक रियालेटि शो ‘डान्स दिवाने’ मा गएका थिए । उनी करण र सहरको डेब्यु फिल्म ‘पल पल दिल के पास ’को प्रमोशनको लागि गएका थिए । 

जसमा एक प्रतियोगीको डान्स देखेर धर्मेन्द्र भावुक भएका थिए । भारतीय मिडियाको अनुसार शोमा सहभागी एक प्रतियोगीते आफनो प्रतियोगीता धर्मेन्द्र्रको जीवनको बारेमा देखाएका थिए । 

धमेन्द्रको जीवन संघर्षा र उनले जीवनमा भोगेका सबै घटनाहरु एक फिल्मको रुपमा देखाइएको थियो । जसले गर्दा धमेन्द्र निकै भावुक भएका थिए । साथै सनीले यो सब एक नाटकीय रुपमा फिल्म हेरे जस्तो देखाएको भन्दै उक्त प्रतियोगीलाई धन्यबाद दिएका थिए ।  

मंगलबार फिल्मको प्रमोशनको लागि गएका सनीको छोरा करणले आफु पापा भन्दा निकै राम्रो डान्स गर्ने बताएका छन् । करणले भने – म डान्सर होइन् तर आवश्यक परेमा डान्स गर्न सक्छु । म यतिकै डान्स गर्न त सक्दिन तर कुनै डान्सको स्टेप दिनुभयो भने म डान्स गर्न सक्छु धेरै राम्रो डान्स गर्न सक्छु । 

करणले भने –‘ मेरो पिता सधै मलाई भन्नुहुन्छ कहिले पनि आफैसंग झुठ बोल्न हुदैन् । मेरो काका भन्नु हुनछ डान्समा पनि उतिकै रुचि राख्नुपर्छ ।’ फिल्म सेप्टेम्बर २० मा रिलिज हुदैछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर