• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:25 am

एलपी ग्याँस सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

काठमाडौं । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराए ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पारे ।  

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गरे । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम

  • ३० भदौ, २०७६

काठमाडौं । सरकारले उत्तर कोरियाली लगानी सञ्चालित व्यवसाय बन्द गर्न परिपत्र गरेको छ । उद्योग विभागले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्दै

पर्यटकीयस्थलमा पाहुना घर

  • ३० भदौ, २०७६

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने पर्यटकीयस्थल मोहरेडाँडामा पाहुना घर निर्माण भएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि

उच्च अंकले घट्यो सेयर बजार, १४९ कम्पनीका लगानीकर्ताले गुमाए

  • ३० भदौ, २०७६

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि बजार उच्च अंकले घटेको छ । पहिलो दिन आइतबार झण्डै १८ अंकले घटेको नेप्से सुचक सोमबार १६ दशमलव १८ अंकले घटेर १ हजार